शितगंगा नगरपालिकामा सरसफाइ  र हरियाली प्रवर्द्धन कार्यक्रम

शितगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको आगमनसँगै विभिन्न कार्य योजनाहरू सुरु भएका छन् । पहिलो चरणमा नगर सरसफाइ तथा हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै अभियान थालिएको हो ।

नगर क्षेत्रलाई स्वच्छ र सुन्दर बनाउन सुरु गरिएको सरसफाइ कार्यक्रममा कर्मचारी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । नगरपालिका क्षेत्र परिसरमा सरसफाइ  कार्यक्रम सञ्चालन  गरिएको हो । सरसफाइलाई निरन्तरता दिँदै नगरलाई हराभरा र सफासुन्धर बनाउन अभियानलाई अघि बढाइने प्रमुख प्रशासकीय  अधिकृत  कृष्ण प्रसाद सापकोटाले कार्यक्रम पछि जानकारी  गराउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत सापकोटाले सुशासन, जनमुखी कार्य र परिणाममुखी सेवामा प्राथमिकता दिने बताउनु भयो ।
यसअघि विभिन्न स्थानीय तहमा कार्यरत रहँदा उत्कृष्ट नगरपालिका बनाउन सफल भएका उनीप्रति यहाँका कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारण उत्साहित बनेका छन् ।

जनताले नगरपालिकामा सेवाप्रवाह र सुधारका लागि धेरै अपेक्षा राखेका कारण नयाँ नेतृत्वको आगमनलाई सकारात्मक संकेतका रूपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?