३० पुस २०८२, बुधबार
३० पुस २०८२, बुधबार

शितगंगामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत

अर्घाखाँचीको शितगगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई स्वागत गरिएको छ ।
सापकोटालाई नगरप्रमुख छबिलाल पौडेल उपप्रमुख गीता भाट , योजना शाखा प्रमुख नुमलाल खनाल ,इञ्जिनिय बिबक केसी विभिन्न शाखा प्रमुख लगायतका कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई स्वागत गरेका छन ।

स्वागत कार्यक्रममा बोल्दै सापकोटाले यसअघि सन्धिखर्क नगरपालिकाकाे कार्यकारी अधिकृत र प्रमुख प्रशासकीय अधिकृत गरि दुईपटक सन्धिखर्कमा सेवा गरे स्मरण गर्दै आफु कार्यरत रहँदा सबैको साथको अपेक्षा गर्दै सकारात्मक प्रभाव सहितको सेवा प्रवाह प्रदान गर्नुपर्ने बताउनु भयो ।

नितिगत सुधार र बिकासका कार्यलाइ प्राथमिकता साथ काम गरेर नगरपालिका लाई सबल र सक्षम बनाउनु पर्ने बताउनु भयो ।

यस अघि विभिन्न स्थानिय तहमा कार्यरत रहँदा उत्कृष्ठ कार्य सम्पादनको रुपमा परिचय समेत बनाएकोले शितगंगाको बिकासमा समेत ठूलो अपेक्षा रहेको नगर प्रमुख छबिलाल पौडेलले बताउनु भयो ।
यस्तै उपप्रमुख गीता भाटले अनियमितता र नितिगत सुधारका काममा जनप्रतिनिधिबाटै सुरु गर्नु परे पनि पुर्ण सहयोग रहन बताउदै कार्यालय ब्यवस्थापन र सहज सेवा पहुँचमा प्राथमिकता दिएर अघि बढ्न अनुरोध गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

सितगंगा नगरपालिका नगरसभाको १८औँ अधिवेशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?