२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

शितगंगा नगरपालिकाका महिला जनप्रतिनिधीहरुका लागि नेतृत्व बिकास तालिम

न्यूजपाना, शितगंगा

शितगंगा नगरपालिले नगरपालिकामा महिला सदस्यहरुका लागि २ दिने महिला सशक्तिकरण तथा नेतृत्व बिकास तालिम सुरु गरेको छ । उप–प्रमुख सँग महिला जनप्रतिनिधी अन्तर्गत २ दिने कार्यक्रमको आयोजना गरिएको उप–प्रमुख गीता भाटले जानकारी दिनु भयो । महिला जनप्रतिनिधीहरुलाई आफ्नो काम कतब्य र अधिकारको बारेका कार्यक्रममा प्रस्तुतिकरण गरिने छ । शितगंगा नगरपालिकाको सहयोग तथा प्राचिन कपिलबस्तु बहुसरोकार मंचको सहजिकरणमा कार्यक्रम सुरु भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख छबिलाल पौडेलले जनप्रतिनिधीहरुले आफ्नै असधकार बुझ्न नसक्दा केही ठाँउमा कानुनी जटिलता झेल्नु परेको भन्दै वडामा महिला जनप्रतिनिधी आफ्नो जिम्मेवारबाट जानेर नजानी टाढा हुने गरेको बताउनु भयो । बजेट बिनियेजन देखि जनताका माग पुरा गर्ने काममा समेत सबै जनप्रतिनिधीको समान अधिकार रहे पनि महिला प्रतिनिधी समान पहुँचबाट टाढा भएको अनुभुती हुने गरेको बताउनु भयो ।

यस्तै उपमेयर गिता भाटले पारिवारि जिवन भन्दा पर रहेर सामाजिक जिवनमा रहेका महिला जनप्रतिनिधीहरुको महत्वपुर्ण जिम्मेवारी रहेकोले आफ्ना जिम्मेवारी पुरा गरेर मात्र पुरुषमहिलाको समानताको अर्थ रहने बताउनु भयो नगरपालिकाका हरेका बजेट निर्माणा समान अधिकार रहेकोले समान धारण राख्न महिला जनप्रतिनिधी चुक्ने गरेको बताउनु भयो ।

निर्वाचित बने पछि महिला उपमेयर भएकै नाताले पनि अधिकांस महिला जनप्रतिनिधीले आसा र गुनासो राख्नु पर्नेमा अधिकांस महिला जनप्रतिनिधीले कहिले सम्पर्क र आफ्ना मागहरु नराख्ने गरेको भाटले बताउदै जनताले सबैलाई सेवकबनाएर पठाएकोले जनताको मागलाई पुरुष जनप्रतिनिधी सरहज महिलाको पनि जिम्मेवार रहेकोले जिम्मेवारबाट टाढा हुन नहुने बताउनु भयो । कार्यक्रममा १४ वडाका महिला जनप्रतिनिधीहरुको सहभागिता रहेको छ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, महिला बालबालिका शाखा प्रमुख रमा पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?