रोटरी क्लब अफ बुटवल चौतारीद्वारा शितगंगामा स्वास्थ्य शिविर तथा एम्बुलेन्स हस्तान्तरण गर्ने ।

रोटरी क्लब अफ बुटवल चौतारीले सामाजिक उत्तरदायित्व अन्तर्गत शितगंगा नगरपालिका–६, देउरालीमा अवस्थित आधारभूत स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गर्ने भएको छ। उक्त एम्बुलेन्स २०८२ जेठ १७ गते एक विशेष समारोहका बीच हस्तान्तरण गरिने रोटरी क्लब बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिनु भयो ।

सोही दिन क्लबकै आयोजनामा नगर स्तरिय वृहत् स्वास्थ्य शिविर समेत सञ्चालन गरिनेछ, जसमा सर्वसाधारणलाई विभिन्न निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ।कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने छ साथै, नगरप्रमुख छबिलाल पौडेल, उप–प्रमुख गीता भाट, वडा अध्यक्षहरू लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहनेछ।स्वास्थ्य शिविरमा जनस्वास्थ्यका विविध सेवा जस्तै सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेह परीक्षण, महिला तथा बाल स्वास्थ्य परामर्श लगायतका सेवा उपलब्ध हुने आयोजकले जनाएका छन्।

https://www.facebook.com/share/v/1J8Yub7MoP/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा–५ जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?