इलाममा विद्यार्थी बोकेको बस दुर्घटना, ३७ जना घाइते

इलामको रोङ गाउँपालिकाको किटेनीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । आज आइतवार भएको दुर्घटनामा गाडीमा रहेका ३७ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरी नजिकका अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) वासुदेव खतिवडाले बताउनुभयो ।

धनुषाको धारापानीबाट इलाम घुम्न गएको विद्यार्थीको टोली दुर्घटनामा परेको हो । ना ६ ख ८४२४ नम्बरको विद्यार्थी बोकेको बस कन्यामबाट धनुषा फर्कने क्रममा मेची राजमार्गमा पर्ने इलामको लसुनेमा भीरबाट खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

नेपाली कांग्रेसको (देउवा)  गुल्मीमा जिल्ला अधिवेशन कात्तिक २० गते

शितगंगामा बजार अनुगमन, कमजोरी सुधार गर्न निर्देशन

छुटाउनुभयो कि ?