नेकपा एमाले शितगंगा नगर कमिटीको अधिवेशन आगामी १८ गते हुने भएको छ। नगर कमिटीको बैठकले संगठन विस्तार तथा वडा र नगर अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ। आगामी असोज ११ र १२ गते वडा अधिवेशन सम्पन्न गर्ने योजना अनुसार नगर कमिटीका विभिन्न सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ।
अधिवेशनका प्रमुख अतिथि नेकपा एमाले प्रदेश सचिवालय सदस्य रामजी प्रसाद घिमिरे अतिथिहरूमा प्रदेश सदस्य भिम केसी, वसन्त श्रेष्ठ, जिल्ला सचिव बिधान रायमाझी, उपाध्यक्ष सम्भु पोख्रेल, शिबकला बिक, ओपि पाण्डे, गीता भाट, ऋषि घिमिरे, काशी आचार्य, गोवर्धन थापा, धन बहादुर राना, ज्योती आचार्य, नारायण आचार्य लगायतका जिल्ला तथा नगर कमिटी सदस्यहरूको उपस्थितिमा बैठक समपन्न भएको हो ।
सहभागी नगर सदस्यहरूले अतिथिहरूलाई संगठन निर्माण र पार्टी बलियो बनाउन एकजुट हुन सुझाव दिएका छन्। पार्टीभित्र विवाद र गुट उपगुटको विषयले चिन्ता व्यक्त गर्दै, आगामी दिनमा आन्तरिक आरोप(प्रत्यारोप नगर्न अनुरोध गरिएको छ। पार्टीको निर्वाचनमा पनि कसैलाई जिताउने वा हराउने जस्तो प्रवृत्ति देखाउनु दुखद भएको र पाटीको चुनावलाई आन्तरिक प्रतिस्पर्धाको रूपमा लिनुपर्नेमा जोड दिइएको छ। नगर कमिटी अध्यक्ष सञ्जय रानाको अध्यक्षता र उपसचिव घनु गाहाको सञ्चालनमा बैठक सम्पन्न भएको हो।