चौथो शितगंगा महोत्सव चहलपहल

हरि आचार्य, कपिलवस्तु
अर्घाखाँचीको शितगंगा नगरपालिकामा चौथो शितगंगा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८२ आयोजना हुने भएको छ । शितगंगा उद्योग वाणिज्य संघको आयोजना तथा नमस्ते अर्घाखाँची समाजको सहआयोजनामा हुने महोत्सवको तयारी तिब्र पारिएको छ । पौष ९ गते देखि २१ गते सम्म संचालन हुने उक्त महोत्सवमा उक्त महोत्सवमा १ सय स्टल रहने छन् ।

यस अवधिमा स्थानीय संस्कृतिको संरक्षणका लागि विभिन्न सांस्कृतिक, कार्यक्रम, सामुदायिक एकता प्रवद्र्धन र पर्यटन विकासका लागि यस महोत्सवले भुमिका खेल्ने शितगंगा उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पन्थीले बताउनुभएको छ ।

महोत्सवको बारेमा जानकारी दिंदै महोत्सवका निर्देशक सुशिल के।सी।ले मेलालाई पूर्ण सफल बनाउन सबै पक्षसँग गरिएको छलफलबाट प्राप्त सुझावलाई समेटेर अघि बढेको बताउनुभयो । यस क्षेत्रमा अहिले सम्म लागेका मेलाहरु भन्दा पृथक बनाउने दाबी समेत गर्नुभयो ।

महोत्सवबाट स्थानीय उद्योगी, व्यापारी, किसान, उद्यमी तथा सर्वसाधारणबीच आपसी सहकार्य र सम्बन्ध सुदृढ हुने विश्वास राखिएको महोत्सवको सह आयोजक नमस्ते अर्घाखाँची समाजका अध्यक्ष हेमन्त कुमार बेल्बासेले बताउनुभयो ।

यो स्थानमा पहिलो पटक महोत्सव लाग्ने भए पछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

महोत्सवमा स्थानीय उत्पादन, हस्तकला, कृषि सामग्री, प्रविधि, घरेलु उद्योग, मनोरञ्जन तथा संस्कृतिको प्रदर्शनी गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ ।

यता महोत्सवको आकर्षणको रुपमा ठाडा डमरु दहमा मोटरबोट ९स्टिमर० संचालन हुने पनि बताईएको छ । जसबाट पर्यटकीय स्थल डमरुदहको प्रचार प्रसार तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

नेपाली कांग्रेसको (देउवा)  गुल्मीमा जिल्ला अधिवेशन कात्तिक २० गते

शितगंगामा बजार अनुगमन, कमजोरी सुधार गर्न निर्देशन

छुटाउनुभयो कि ?