८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

आधारशिला साना किसान कृषि तथा पशु विकास महिला सहकारी संस्थाको सातौं साधारण सभा सम्पन्न

 

https://www.facebook.com/share/p/1B3Bew3Grs/

आधारशिला साना किसान कृषि तथा पशु विकास महिला सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

१,३०० भन्दा बढी महिला सदस्य रहेको यस सहकारीले महिला सशक्तीकरण, बाल बचत, कृषि तथा पशुपालनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। यस वर्ष सहकारीले ३६ लाखभन्दा बढी कुल नाफा गर्न सफल भएको छ भने खुद नाफा १२ लाखभन्दा बढी रहेको अध्यक्ष तेजकला पौडेलले जानकारी दिनुभयो।

साधारण सभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पौडेलले सहकारीले विभिन्न क्षेत्रमा पुर्‍याएको योगदान र आगामी योजनाबारे जानकारी दिनुभयो।

संस्थाले महिलाहरूलाई आत्मनिर्भर बनाउन र बालबालिकाको भविष्य सुरक्षित गर्नका लागि बचत योजना, कृषिमा आधारित गतिविधि, कृषि संकलन केन्द्र, र पशुपालनमा नमुना कार्यहरू गर्दै आएको उल्लेख गर्नुभयो।

साधारण सभाको प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष दामोदर अधिकारीले सहकारीको योगदानको प्रशंसा गर्दै महिला सशक्तीकरण र ग्रामीण विकासमा सहकारीको भूमिकालाई महत्व दिनुभयो। उहाँले सहकारीले गाउँस्तरमा आर्थिक विकासका लागि नमुना कार्य गरिरहेको बताउँदै आगामी दिनमा थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष चिन्तराज अधिकारी, कार्यपालिका सदस्य मानबहादुर नेपाली, गंगा थापा, सिटिजन इन्स्योरेन्स शाखा प्रमुख नारायण जिसी, कृषि विकास बैंक शाखा प्रमुख शालिक पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पन्थी, सहकारीका पूर्व अध्यक्ष तारा थापा, तथा अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो।

सहकारीको वार्षिक वित्तीय प्रतिवेदन  बसुन्धरा पौडेलले प्रस्तुत गर्नुभयो। कार्यक्रम कमला जिसीको सञ्चालनमा सम्पन्न भयो। सहकारीले आफ्नो सदस्यहरूको आर्थिक, सामाजिक, र पारिवारिक जीवनलाई सकारात्मक रूपान्तरण गर्ने उद्देश्यका साथ कार्य गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?