सुपा देउराली मन्दिर ब्यवस्थापन समितिले मन्दिर परिशरको फोहोर ब्यवस्थापनका लागि ट्याक्छर सञ्भालनमा ल्याएको छ । मन्दिर परिसरमा रहका फोहोर हप्ताको २ दिन उठाएने गरि ट्याक्टर सञ्चालन हुने छ । सुपा देउराली मन्दिर ब्यवस्थापन समिति परिर्वतन भएको डेड बर्ष भन्दा बढी भएको छ । बिगत लामो समय देखि एकै समितिहरुले ब्यवस्थापन समिति सञ्चालन गर्दै आएकोमा अघिल्लो साधारण सभाबाट समिति परिर्वतन गरिएको थियो ।
सुपा देउराली मन्दिर अहिले लुम्बिनी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तब्य हो यँहा दैनिक हजारौ प्रर्यटकहरु आउने गर्दछन भने लाखौ नगद भेट संकलन हुने गरेको छ । आर्थिक रुपमा पार्दशी हुन नसकेको आरोप मन्दिरमा लाग्ने गरेको थियो ।फर्श बहादुर केसी अध्यक्ष तथा हरि खनाल सचिव सहितको ब्यवस्थापन समिति निर्वाचित भएकै दिन सुपादेउरालीमा लाग्ने गरेको अनियमिताको दाग हटाउने मुख्य लक्ष्य रहेको बताएका थिए । सुपा देउराली मन्दिरमा सन्धिर्खक नगरपालिकाको वडा नम्बर ७ र शितगंगा नगरपालिकाको वडा नम्बर २ बाट समिति गठन हुने गरेको छ ।
सामान्य ढुंगामा पुजा गर्दै अहिलेको यो अवस्थामा आउनुमा यहाँका अग्रजहरुको भुमिका उल्लेखनिय रहेको छ तर समय परिर्वतनशिल छ ब्यवस्थापन समेत समय अनुसार परिर्वतन हुँदै मन्दिरलाइ आधुनिक बनाउनु पर्ने भन्दै युवाहरुको नेत्तृत्व जरुरी रहेको भन्दै समितिमा रहेर कामगर्ने उदेश्यले समितिमा बसेर काम गर्न थालेको सचिव हरि खनालको भनाइ छ ।
नयाँ समितीले एक बर्ष गरेका उल्लेखनिय काम हरुमा यहाँ रहेका अब्यवस्थित सडक निमार्ण पनि हो शितगंगा क्षेत्रमा रहेको सडक जिर्ण हुँदा आवतजावतमै समस्या रहेकोमा नँया समित गठन भए पछि सचिव खनालले पहिलो एजेन्डा सडक मर्मत रहने भन्दै सम्बन्धित निकायमा खबरदारी गरि निमार्ण काम सुरु भएको छ अब केही भाग मात्र सडक निमार्ण हुन बाँकी छ यो बर्ष सम्ममा यो सडक पनि पुरा हुने समितिको भनाइ छ ।
अब्यवस्थित बिजुली तार तथा पोल ब्यवस्थापन भएका छन मन्दिरको छेउमै रहेका बिजुलीका तारका कारण दैनिक दर्जनौ परेवाहरु समेत करेन्ट लागेर मर्ने गरेका कारण बषौृ देखि समस्याको रुपमा रहेका बिजुलीको तार तथा पोलको ब्यवस्थापन भइ सकेको छ अहिले अन्य स्थानबाट बिजुलीको तार ब्यवस्थापन भएको छ ।
सिसिटिभिको निग्रानी सुरु भएको छ सुपा देउराली मन्दिरमा रहेको हरेक गतिबिधी अहिले सिसिटिभिको निग्रानीमा रहेको छ । यस अघि जडान भए पनि केही दिन मात्र सञ्चालन गरिएको थियो अहिले हरेक गतिबिधी निग्रानी गरिएको छ ।सुनमा पार्दशिता बढाउन समितिले अहिले प्रमुख जिल्ला अधिकारी दुबै स्थानिय तहका नगरप्रमुखको उपस्थितमा सुन तौल गर्ने मेसिन खरिद गरेको छ ।
मन्दिर भित्रका हरेक आर्थिक कृयाकलापहरुलाइ ब्यवस्थापन गर्न मन्दिरमा अहिले लेखापालको नियुत्ती गरिएको छ । मन्दिरमा हुने सबै प्रकारका आर्थिक कृयाकलाप ब्यवस्थापन गर्न र बली चड्ने शुल्क , परेवा उडान शुल्क लगायतका सबै अभिलेख अनलाइनमै ब्यवस्थापन गरि हरेक दिनको आर्थिक कृयाकलाप पार्दशिता गराउने उदेश्यले लेखापालको ब्यवस्था गरिएको छ ।
२०४२ सालदेखि मन्दिर निमार्ण गरि पुजा गर्न थालिएको भए पनि यँहा परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्तिपीठको रुपमा रहेको अग्रजहरु बताउछन सुपा देउरालीमा भाकल गरेपछि मनोकाँक्षा पूरा हुने बिश्वास रहेको छ । सुपा देउराली आउने भत्तजनहरुका लागि अहिले पार्किङ मुख्य समस्या रहेको छ पार्किङका लागि बिभिन्न स्थानमा कामगर्ने तयारी भए पनि अहिले सम्म काम सुरु भएको छैन अहिले सडक छेउमै सवारीहरु पार्किङ गर्न बाध्यता छ जस्ले गर्दा मुख्य दिनहरुमा घन्टौ सडक जाम हुने गरेको छ ।