अर्घाखाँचीमा अहिलेसम्म मर्मत भएनन् अधिकांश ग्रामीण सडक

बर्षाद सकिएर हिउँदको समय लागेको पनि लामो समय भईसक्यो । बर्खामा पहिरोले भत्किएका तथा पानीले बिगारेका अर्घाखाँचीका अधिकांश ग्रामीण सडक अहिलेसम्म पनि मर्मत भएका छैनन् । अहिले चार्डपर्वको समय पनि छ भर्खरै दशैलाई बिदा गरेर तिहार पर्वलाई स्वागत गरिदैँ छ । मेलापर्वको समयमा पनि ग्रामिण सडकको मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको हो । सहरबाट चाडबाड मनाउन गाउँ गएकाहरु सडक मर्मत नहुँदा हिडेरै पनि जान बाध्य भएका छन् । गाउँका कच्चि सडक भत्किएका छन् ।
भत्किएका सडक मर्मतमा खास्सै स्थानीय निकायको चासो नगएको हो कि भन्ने पनि देखिन्छ । अर्घाखाँचीको मालारानी गाउँपालिकाका अधिकाशं सडक अहिलेसम्म मर्मत भएका छैनन् । अहिलेसम्म पालिकाका १०/१५ प्रतिशत सडक मात्र मर्मत भएका छन् । मर्मत भएका सडकको अवस्था पनि दयानीय छ, जनताको आँखामा छाह्रो हाल्ने मात्रै काम भएको स्थानीयहरु बताउँन्छन् । हरेक वर्ष मालारानीका सडक दशै अघि नै मर्मत हुने गरेकोमा यस वर्ष भने मर्मतमा ढिलाई भएको छ । मालाारानीका ग्रामिण सडक मर्मत गर्ने अधिकार वडाहरुलाई दिइएको मालारानी गाउँपालिकाले जनाएको छ । मालारानी गाउँपालिकाका एक वडाले सडक मर्मतका लागि ३ लाख जति खर्च गर्छन् यसरी पालिकाभर २७ लाख सडक मर्मतमा खर्च हुन्छ । तर यसको परिणाम भने जनताले अपेक्षा गरेअनुसार देखिएको छैन् । ग्रामिण सडकहरुको मर्मत नहुदा सवारी चालकहरुलाई पनि कठिनाई भएको छ ।
बाटो मर्मत भएको बेला आधा घण्टामा जान सकिने ठाउँमा अहिले एक घण्टाभन्दा बढी समय लाग्ने गरेको सवारी चालक अनिल वि.कले बताए । ‘गाउँमा जाने धेरै सडक मर्मत भएका छैनन, यसले गर्दा यात्रा गर्न निकै कठिन भइरहेको छ,’ उनले भने ‘मर्मत भएका सडकहरुको अवस्था पनि त्यस्तै छ ।’ यसो त देशकै सबैभन्दा ठुलो नगरपालिका भनेर चिनिने शितगंगा नगरपालिकाका पनि अधिकांश सडक मर्मत भएका छैनन् । १४ वटा वडा रहेको यस नगरपालिकामा सडक मर्मतका लागि वार्षिक ३ करोड खर्च हुन्छ तर अहिलेसम्म केही सडक मात्र मर्मत भएका छन् । . शितगंगाका किसानले कहिले वाटो सखार हुन्छ र धान पराल घरमा सहज रुपमा लैजाने भने सखार नहुदा समस्या भएको वडा नं. १ का कासि आचार्य र वडा नं. ५ का युवराज पौडेलले वताउनु भयो । अर्घाखाँची जिल्ला गाउँगाउँमा सडक पुग्ने देशकै पहिलो जिल्ला हो । तर यहाँका सडकले मर्मत नपाउँदा यात्रा गर्न असहज भइरहेको स्थानीयको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?