शितगंगा उद्योग बाणिज्य संघको तेस्रो अधिवेशनले अहिले शितगंगाका ब्यायारीहरुको दौडधुप बढि छ । दोस्रो कार्यकाल सकिए सँगै यहि फागुन २६ गते अधबेसनको आह्वान भइसकेको छ ।
दुई कार्यकाल अध्यक्ष भएका चिन्ताराज अधिकारीले नयाँ समितिको जिम्मा लगाउने तयारी सहित अधिवेशन आह्वान गरे पछि अध्यक्षको लाइनमा धेरैजना भए पनि अहिले त्यो सख्या करिव ३ जनामा पुगेको छ ।
यश अघिका कार्य समिति राजनितिक भागभण्डाकै आघारमा समिति गठन गर्दा काग्रेसको तर्फबाट चिन्ताराज अधिकारी २ कार्यकाल अध्यक्ष र एमालेको तर्फबाट २ कार्यकाल सचिव लक्ष्मण पन्थी तथा अन्य पाटीबाट समेत बाणफाड गरि समिति बनेको हो ।
अघिल्लो अधिवेशनमा समेत धेरै ब्यापारीले चुनावी प्रकृयामा जान अनुरोध गरे पनि अन्त्यमा राजनितिक रुपमा समिति गठन भयो । अहिले पनि एमाले र काग्रेसको छलफल चलिरहेका छन भने अन्य राजनितीक दल पनि सहमतिमा हुँदा पर्नेमा ढुक्क छन
अध्यक्षमा २ कार्यकाल सचिव रहेका लक्ष्मण पन्थी प्रमुख दाबेदार हुन सहमतिमा भएमा अबको अध्यक्ष पन्थी निश्चित हुन तर धेरै ब्यापारीले पन्थीको बिकल्प खोजीरहेका छन । एमालेका व्यापारी समेत चुनावमै जाने अवस्था आएमा पन्थीलाइ कमजोर उमेदवार मानेका छन त्यसका लागि एमालेले अर्को उमेदवार भित्रिरुपमा तयार पारेको छ ।
यस्तै काग्रेसबाट डिलबहादुर गुरुङलाइ उमेदवारको रुपमा तयार गरिएको छ । काग्रेलले समेत अहिले पुरानो सहमति अनुसार अहिले एमालेलाइ अध्यक्ष हुन सक्ने कुरा मध्यनजर गर्दै अन्य पदाधिकारी र सदस्यको तयारीमा पनि छ ।
अघिल्लो कार्यकाल काग्रेसले अध्यक्ष सहित कोषाध्यक्ष र सहसचिव सहित सदस्यहरु लिएकोले अहिले एमाले अध्यक्ष सहित १ अन्य पदाधिकारी र सदस्य सहित आउने तयारी छ भने माओबादी समाजबादी समेत एक/एक पदाधिकारी सहित सदस्यको आसमा छ केही व्यापारी भाग लगाएर पद बाड्न नहुने चुनावमा जानुपर्ने भन्ने दवाव दिइरहेका छन तर उद्योग बाणिज्य संघ भने सहमतिमै टुंगाउने तयारीमै छ ।
यता अहिलेका उपाध्यक्ष अर्जुन बुडामगर अब आफ्नो पालो रहेकोले पनि अध्यक्षमा दाबेदार छन तर राजनितिक भागभण्डा भएमा उनले नपाउने सम्भावना धेरैछ तर अर्जुन भने कुनै हालतमा नछाड्ने र अध्यक्षबाहेक कुनै पदमा नबस्ने बताएका छन तर यो अडान कति रहन्छ भन्ने हेर्न बाकि छ ।