२ चैत्र २०८१, आइतवार
२ चैत्र २०८१, आइतवार

शितगंगाको नीति तथा कार्यक्रम पारित प्राथमिकतामा पर्यटन विकाशमा जोड

विक्रम आचार्य ,शितगंगा

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले १५ औं नगरसभामार्फत् शितगंगा नगरपालिकाको आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको सभाहलमा सुक्रवार भएको नगर सभाले जनताका भावना संग जोडिएका योजना बनाउँदै सम्वृद्ध शितगंगा बनाउने अभिप्रायको नीति कार्यक्रम पारित गरेको हो ।

नगरप्रमुख छविलाल पौडेलले पेश गरेको नीति कार्यक्रममा गुणस्तरिय र दिगो पूर्वाधार पर्यटन विकाशमा जोड दिने, शिक्षा स्वास्थ्य गुणस्तर सुधार गरि उच्च कार्यसम्पादन नतिजा हासिल गर्ने , कृषि क्षेत्रको उत्पादन वृद्धि बजार पहुँच स्थापना गरि कृषकको जीवन स्तर माथि उठाउने , समासेवी सन्तुलित पर्यावरण मैत्री विकाशमा जोड दिने सेवा प्रवाहमा सुधार तथा सुसासन प्रबद्धन गर्न संस्थागत क्षमता विकाशमा जोड दिने , एकिकृत पूर्वाधार र वस्ती विकाशमा जोड दिने मुख्य नीति समेटिएको छ ।

सम्वृद्ध शितगंगा बनाउने उद्देश्य सहित निति तथा कार्यक्रम आपको नगर प्रमुख पौडेलेले बताउनु भयो ।

नीति कार्यक्रमको लक्ष्य सामाजिक विकास रहेको छ भने कृषि, पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, विपद् बयवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ । जग राम्रो भए घर बलियो हुन्छ भन्ने मान्यतालाई स्वीकार गरि प्राथामिक तह र प्राथामिक तहमा अध्ययनरत वालवालिकाको सिकाईलाई प्रभावकारी बनाउन पूर्व प्राथामिक तह र प्राथामिक तह सुधार अभियान लगायतका नीति बजेटले समेटेको बताइएको छ ।

अधिवेशनमा सभाका उपाध्यक्ष उपप्रमुख गिता भाटले न्यायिक समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नु भएको थियो भने लेखा समितिका संयोजक रुकेश आलेले महालेखापरीक्षकको कार्यालयले आब २०७९÷८० सम्मको अन्तिम लेखापरीक्षण हुँदा औँल्याइएको नियमित गर्नुपर्ने बेरुजु सम्परीक्षण गर्ने सम्बन्धको प्रतिवेदन समेत पेश गर्नु भयको थियो ।

नीति कार्यक्रममा सदस्य राम प्रसाद भट्टराई ,बिष्णु क्षेत्री,तुल्सिराम घिमिरेले सुझाव पेस गर्नु भएको थियो ।


आर्थिक प्रतिवेदनमा सदस्य केशव बेल्बासेले बेरुजुमा असुल उपर गर्नुपर्ने र नियमित गर्नुपर्ने बेरुजु बारे प्रस्ट जानकारी गराउन प्रस्ताव पेसगर्न सुझाव दिनु भएको थियो ।

सभाको सञ्चालन सभाका सचिव प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्माले गर्नु भएको थियो।
दुई दिन सम्म चल्लने सभामा भोली सनिवार आगामि बर्षको बजेट उपमेयर गीता भाटले प्रस्तुत गर्नु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (100%)
  • खुसी (0%)
  • दुःखी (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?