२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

शितगंगा नगरपालिका आसपासमै दर्जनौ योजना अधुरा

अराज बेल्बासे पौष ९ अर्घाखाँची
शितगंगा नगरपालकामा यो बर्ष इतिहासकै धेरै बजेट आएको चर्चा रहेको छ बिभिन्न योजनामा यो बर्ष ५० करोड बढीका योजनामा शितगंगामा बिकासका काम हुँदै छन शितगंगा १३ नम्बर वडामा मात्र यो बर्ष १५ करोड भन्दा बढी बजेट बिभिन्न योजनामा परेको वडा अध्यक्ष दुर्गा बिसीको भनाइ छ ।

शितगंगा निवासी बिभिन्न कर्मचारीको यो बर्ष बजेट र योजना पार्न ठुलो योगदान रहेको छ । साथै दजनौ पटक बजेट माग गर्दै जनप्रतिनिधी समेत मन्त्रालयमा पुग्ने गरेको सामाजिक सञ्जालका तस्बिरबाट जानकारी भइरहेका थिए नगरपालिकाले आधिकारी अबस्था र बजेटको आबस्यकता सहितको पत्र सहित माग गरिएको जोजना मन्त्रालयमा भने बुझाएको पाइएको छैन ।
नगरपालिकाको आफ्नै बजेट सिमित भए पनि प्रदेश सरकार तथा केन्द्र सरकारका बिभिन्न निकाय संघिय सांसद प्रदेश सांसद बिभिन्न राजनतिक दलका नेताहरु बजेटको पहल भन्दै बिभिन्न निकायमा समेत धाएका छन केही परिणम समेत देखिएको छ। प्राप्त बजेट नगरपालिकामा आउँदा समेत बिकासले केही फड्को मार्ने आस रहे पनि निराशा पर्ने सक्ने चिन्ता भने रहेको छ ।
नगरपालिकाले ४ वटा प्राथमिकताको बाटो भनेर तोकेको छ तर पनि बजेट बिनियोजनमा भेडामारा सिमलपानी पावर सडक तथा अमराइ जुकेना सडकमा बढी बजेट राख्ने गरेको पाइएको छ । शितगंगाकै वडा नम्बर ९ ,११ लगायतका निकै बिकट बस्तीहरुमा अहले पनि बिकासका सबै सुचकहरु न्युन छन ।

नगरपालिकाले बिकास निमार्ण चाँसो दिएको दाबी जनप्रतिनिधको रहेको पनि नगरपालिका आसपासमै दजनौ योजना अलपत्र देख्दा बिकट बस्तको अबस्था कस्तो होला अनुमान लगाउन सकिन्छ । नगरपालिका रहेको भवन नजिकै २ बर्ष अघि बर्खाामा सडक छेउबाट पहिरो खस्यो अहिले सम्म पनि कुनै मर्मत बिना त्यो सडक जिर्ण छ भने पिच सडककै जोखिम छ नगरपालिकाका सबै जनप्रतिनिधी ओहोर दोहोर गर्ने त्यो सडक बनाउन खासै चाँसो देखिएन अहिले पनि सडक जिर्ण छ दुर्घटनाको जोखिम समेत रहेको छ ।

नगरपालिका नजिकै ठुलाधारामा बन्दै गरेको स्नानकक्ष २ बर्ष देखि आधा मात्र

यस्तै शितगंगा नगरपालिका बाट नजिकै रहेको ब्याडमिन्टन कर्भडहल नगरपालिकाको केह लगानी पछि अलपत्रै छ अहिले स्थानियले रकम उठाएर टिनले बारेर भए पनि उत्त कर्भड हल प्रयोगमा ल्याएका छन नगरपालिकाको यो अधुरो भबनमा नजर छैन ।नगरपालिकाको नजिकै रहेको ५ शैयाको अस्पताल निमार्णधिन अबस्थामा बर्षैा देखि अलपत्र छ महालेखाले समेत उत्त ठेकदारलाई स्पस्टीकरण र कालोसुचीमा राख्न किन सिफारिस नगरेको भन्दै लिखित भनेको छ तर पुर्व जनप्रतिनिधी र हालका जनप्रतिनिधीले यसमा खासै चाँसो दिएको पाइदैन अहिले पनि कुनै काम बिन यो भवन अलपत्र छ तर केही दिन अघि मेयर छबिलाल पौडेलले स्वास्थ मन्त्री लाई भेटेर १५ शैयाको अस्पताको माग गरेका भन्दै सामाजिक सञ्जालमा फोटो आयो तर यस अघिनै नगरपालिकाले नै जग्गा उपलब्ध गराउन नसकेर निर्णय नभएर बजेट र्फिता भएको मेयर पौडेललाइ अबगत छैन होला तर स्वास्थ शाखाका कर्मचारी यसमा प्रस्ट जानकार हुँदा समेत अस्पताल माग गर्न सँगै पुगेका थिए ।

नगरपालिका नजिकै रहेको मदन स्मृति भवन योे बर्ष छत ढलान हुने पुरा हुन अझै कति बर्ष लाग्ला

नगरपालिकामा नँया जनप्रतिनिधी आए पछि उपमेयर गीता भाटले महिला पुरुष एकै स्थानमा स्नान गरेको भन्दै शितगंगा ३ को ठुलाधारमा बाथरुम सहितको धारा निमार्ण गर्न सोही बर्ष बजेट बिनियोजन गरेर काम सुरु भयो अहिले सम्म पनि यो अधरो छ ।शितगंगा ४ गोर्थुममा बषौ देखि कभर्ड हल निमाण अधुरो छ अहिले निमार्ण भएको संरचना समेत जिर्ण बन्दै गएको छ यसको पुर्णताको बारे नगरपालिकाको खासै चाँसो देखिदैन ।नगरपालिकाले सुरु गरेका मदन स्मृती भवन, बिपि स्मृती भवनको नाममा बनेका भवन आधा अधुरै छन अहिले पुन बाँकी काम सुरु भएको छ ।

शितगंगा ४ साना दहमा बनेको चिस्यान केन्द्र निर्माण पछि प्रयोगमा छैन सञ्चालनका लागि आबस्यक केही उपकरण खरिद गर्न यो बर्ष बजेट बिनियोजन गरेको देखिदैन तर मिटर जडान गरिसकिएको छ न्युनतम शुल्क खर्च भइरहेको छ ।
नगरपालिकाले जनप्रतिनिधी र कर्मचारीका लागि एकै खाले मोबाइल नम्बर सञ्चालन गरेको थियो सामान्य जनताले समेत सजिलै जनप्रतिनिधीलाई सम्पर्क गर्न सक्ने र नम्बर सजिलै याद हुने भएकोले महत्वपुर्ण कार्य अनुरुप सबैको मिल्दो नम्बर थियो तर अहिले अधिकांस जनप्रतिनिधीले उत् नम्बर चलाउदैन्न तर पोस्टपेड सिम रहेकोले न्युनतम ३८४ रुपिया मासिक एम सिमको हाल सम्म पनि नगरपालिकाको टेलिकममा लाखौ बक्यौता छ तर अहिले सम्म उत्त सिम चलाउने नचलाउने कुनै निर्ण छैन तर देश बिदेशमा उत्त नम्बर मेयर उपमेयर वडा अध्यक्षको रुपमा परिचित छन ।

नगरपालिका जाने बाटो बर्खामा घुम्टीमै पहिरो गएर दुर्घटना जोखिम २ बर्ष देखि

सानादहमा बसपार्कको नाममा बजेट खर्च भएको छ अहिले पनि ढलान गरिएको अबस्थामा उत्त स्थान छ अब बाँकी काम के हुन त्यो तर्फ बजेट बिनियोजनमा खासै चाँसो देखिदैन । दह आधारभुतको भवन निमार्ण भइरहेका छन तर एक पुरानो भवन पर्खाल भत्किएको अबस्थामा पनि सञ्चादन भइरहेको छ त्यहा जोखिम मोलेर बिद्यार्थी तथा सिक्षक बसेका छन । नगरपालिकाले प्राप्त बजेट अधुरा भवन अधुरा योजना सम्पन्न गर्ने तर्फ भन्दा पनि नयाँ योजनामा तथा एकै योजनामा केन्द्रित गर्दा करोडौका योजना अधुरा भएका हरु यसै बजेट खेर जाने डर छ ।

नगरपालिका नजिकै गोर्थुममा अलपत्र कर्भडहल

शितगंगा १२ का पहिरो पिडित जोखले गैराको पुरै गाँउ बिस्तापित हुँदा नगरपालिकाले उनिहरुको ब्यवस्थापनमा आसलाग्दो काम गर्न सकेन अजता आवास मार्फत पाउनु पर्ने ४ लाख समेत अहिले सम्म पाएन पुरै गाँउनै पहिरोको त्रासमा बिस्तापित भएर छाड्दा नगरपालिकाले रोक्न नसके पनि बषै देखि छाडेर र्गका जग्गा हरुमा निजि क्षेत्रले काम गर्न खोज्दा शितगंगा १३ मा समेत जग्गा खरिद बिक्रीमा २५ रोपनि भन्दा बढीमा कानुन बिपरित रोक लगाएको छ यसबारे नगर सभावाट कार्यबिधि बनाउने तयारी रहेको वडा अध्यक्ष दुर्गा बिसीले बताए पनि नगर सभामा यो बिषयमा कुनै चर्चा भएन तर सिफारिस रोक्नुको कारण भने वडाले बढ्दो बसाइसराइ रोक्नु राखेको छ ।

४ बर्ष देखि अधुरो अस्पताल छैन कारवाही सिफारिस र निर्णय

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (60%)
  • अचम्मित (40%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?