लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरालाई आज ज्ञापनपत्र बुझाईएको छ। समग्र शितगंगाको विकास, खानेपानी, सडक लगायत दर्जन भन्दा बढि योजनाका समेटेर नेकपा एमाले शितगंगा नगर कमिटि र नेकपा माओवादी केन्द नगर कमिटिले आज संयुक्तरुपमा ज्ञापनपत्र बुझाएको हो। आगामी आर्थिक बर्षमा शितगंगाका विकास निर्माणका योजनामा उच्च प्राथमिकताका साथ बजेट विनियोजन गर्न ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको नेकपा एमाले शितगंगाका का. वा. अध्यक्ष संजय रानाले जानाकारी दिनु भएको छ।
अर्घाखाँचीको मालारानी ५ मा रहेको शान्ति माध्यमिक बिधालयको हीरक महोत्सव कार्यक्रम उद्घाटन गर्न अर्घाखाँची आउनु भएका मुख्यमन्त्री महरालाई शितगंगा नगरपालिकाको ठाडामा ज्ञापनपत्र बुझाईएको माओवादी केन्द्र नगर कमिटी अध्यक्ष मणि अधिकारीले बताउनु भएको छ। यस्तै लुम्बिनी प्रदेशको नयाँ मन्त्रीमण्डल गठन पश्चात बिना बिभागिय मन्त्री हुनुभएका अर्घाखाँची प्रदेश सभा १ बाट निर्वाचित चेतनारायण आचार्य पनि मन्त्रि बनेपछि पहिलो पटक मुख्यमन्त्रीसँगै गृहजिल्ला आउनु भएको छ। साथै प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी पनि आउनु भएको छ। जिल्लाको मालारानीको विद्यालयको हीरक महोत्सव उद्दघाटन कार्यक्रममा जानेक्रममा जिल्लाको मुलद्वारमा रहेको शितगंगा नगरपालिकामा जनता र मन्त्रीहरू बिच भेटघाट भएको थियो।