२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

शितगंगामा मनाइयो बन डढेलो नियन्त्रण सप्ताह

न्यूजपाना, शितगंगा

शितगंगा नगरपालिकामा डिभिजन बन कार्यालय अर्घाखाँचीको आयोजनामा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ।
सोही अवसरमा शितगंगा नगरपालिकामा रहेका सामुदायिक बनहरुले र्याली सहित कोणसभा सम्पन्न गरेका छन । शितगंगा ४ अमराइ बाट सुरु भएकोर्याली ठाडा दहमा पुगि कोणसभा गरि सम्पन्न गरिएको हो ।
बिभिन्न सामुदायिक बनहरुले ब्यानर सहित र्यालीमा सहभागी भएका थिए ।

कार्यक्रम बोल्दै डिभिजन बनकार्यालयका बन अधिकृत मदन ढुंगानाले सरकारको सम्पत्तिको रूपमा रहेको वन क्षेत्रमा पुराना रुख र नयाँ बिरुवाको संरक्षण गर्ने प्रमुख दायित्व स्थानीय वन उपभोक्ता तथा स्थानीय सरोकारवालाको भएको उल्लेख गर्दै वातावरण परिवर्तन हुनबाट जोगाउन शून्य वन डढेलो अभियानलाई सप्ताहव्यापी रूपमा मनाउन लागिएको बताउनु भयो ।

हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रूपमा मनाइँदै आएको छ। वन डढेलो नियन्त्रणमा वन उपभोक्ता समूहको नै अग्रणी भूमिका रहने प्रमुख अतिथी नगर प्रमुख छबिलाल पौडेलले बताउनु भयो ।
बनमा हरेक बर्ष करोडौंको काठ यसै खेर जाने गरेकोले यसको सदुपयोग गर्न बन कार्यालयलाई अनुरोध गर्नु भयो ।

यस्तै बिशिस्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बनका बजेटहरु स्थानिय तह सँगको समन्वय खर्च गर्न सुझाव दिनु भयो ।नगरमा १२५ बन समिति रहेकोले सबै समिती सकृय रहेका डढेलो विपत न्युनिकरण हुने बताउनु भयो ।

यस्तै वडा अध्यक्ष भिम केसिले बनमा रहेका मुल्यवान सम्पति संरक्षणमा स्थानिय समुदायको दायित्व रहेको बताउनु भयो। नगरको क्षेत्र मध्ये ७० प्रतिशत भन्दा धेरै क्षेत्रफल रहेकोले यसलाइ आम्दानी सँग जोडेर बिकासमा लगानी लगाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बैज्ञानिक बन महासंघकन केन्द्रिय सदस्य , नगर अध्यक्ष ,बाणगंगा सव डिभिजन कार्यालयका प्रतिनिधि,शितगंगा सव डिभिजन कार्यालयका प्रतिनिधि ,वडा नम्बर ३ का वडा अध्यक्ष चिन्ताराज अधिकारी ,वडा नम्बर ४ का वढा अध्यक्ष दामोदर अधिकारी ,वडा नम्बर ९ का वडा अध्यक्ष भिम केसी ,वडा नम्बर १२ का वडा अध्यक्ष चोप बहादुर घम,इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक ऋषि घर्तीमगर,शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा नगरप्रमुख छबिलाल पौडेल लगायतको सहभागीता रहेको थियो।

कार्यक्रममा बोल्दै बक्ताहरुले वनमा आगलागि हुँदा धनजनको क्षतिका घटनाहरु भइरहेकोले शितगंगामा धेरै क्षेत्र बन रहेकोले सबै समितिको सकृयतामा आगलागी हुनबाटै बचाउनु पर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?