२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

शितगंगा नगरपालिकाको १६ औ नगरसभा अहिले सम्म २ प्रतिशत मात्र योजना सम्पन्न

शितगंगा नगरपालिकाको १६ औ नगर सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको हो । शितगंगामा सम्पनन नगर सभामा नगरपालिकाका शाखागत रुपमा भएका प्रगती प्रस्तुत गरिएको थियो । नगर प्रमुख छबिलाल पौडेलले नगर सभामा चालु आर्थिक बर्षको प्रगती समिक्षा ,योजना तथा कार्यक्रम अनुमोदन तथा स्वीकृत , बेरुजु फर्छौट लगायतका नगर सभाका प्रस्तावहरु पेश गर्नु भएको थियो ।


१६ औं नगर सभा तथा प्रथम अधिवेशनमा योजना अधिकृत नुमलाल खनालले चालू आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै सो तथ्याङ्क प्रस्तुत गर्नुभएको गर्नु भयो । सोहि क्रममा खनालले नगरका जम्मा ४९१ वटा योजना तथा कार्यक्रम रहेका ६६ वटा सम्झौता भए कार्य प्रकृयामा रहेको तथा १४ योजना सम्पन्न पछि भुत्तानी भएको बताउनु भयो । त्यस्तै नगर उपप्रमुख गीता भाटले प्रस्तुत गरेको १५ औँ नगरसभा बाट पारित भएका कार्यक्रमहरू संसोधन तथा अनुमोदन सर्वसहमतले पारित भएको थियो ।

न्गर सभामा प्रस्तुत प्रगति प्रतिवेदनमा विभिन्न स्थानमा बिपद् व्यवस्थापनका लागि महत्वपूर्ण कामहरू सम्पन्न भएका छन्। बिपद् व्यवस्थापन अनुदानबाट रु ४५,१९००००÷– खर्च गरी उल्लेखनीय कार्यहरू भएका छन् ५२ जना गर्भवती महिलालाई सुरक्षित सुत्केरी सेवा प्रदान। ३६ जना महिलालाई सुरक्षित गर्भपतन सेवा प्रदान गरिएको छ ।

विद्यालय निर्माण र पुनःनिर्माणका लागि कार्य सञ्चालन शिक्षक दरबन्दी मिलान, भौतिक संरचना मर्मतको काम सञ्चालन , नगरपालिकाबाट नयाँ उद्योग स्थापनाका लागि १०५ वटा सिफारिसहरू भएका छन १४ वटा सीपमूलक तालिमबाट १४५ जनाले रोजगारी अवसर पाएका छन । नगर सभामा १५ औ नगरसभाबाट स्वीकृत राजश्व योजना तथा कार्यक्रमको हाल सम्मको अवस्था लगायत बिषमा प्रस्तुत गिरिएको थियो । यस्तै एकमुष्ट राखिएका योजनाहरु संसोधन समेत गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?