२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

प्रदेश प्रहरी ऐन छिटै कार्यान्वयन गर्छु :प्रधानमन्त्री प्रचण्ड

न्युज पाना शितगंगा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेस सरकारको प्रहरी समायोजन ऐन , सघिय निजामती ऐेन सघिय शिक्षा ऐन आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताएका छन ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित “आर्थिक विकास, पर्यटन प्रवद्धन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । आफ्नो कार्यकालमा नभएमा यी ऐन अरुले पास गर्नेमा शंका रहेको बताउदै पहिलो प्राथमिकता मा यी ऐन पास गराउने बताए ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा राम्रो सुधार हुँदै गएको बताउँदै उद्योगी व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गर्दै बैङ्कको ब्याजदर स्थिर तथा कृषि उत्पादन वृद्धि बिदेशी मुद्रा सञ्चितमा यो कार्यकालमा ईतिहास रच्न सफल भएक‍ो बताए ।

प्रचण्डले अर्घाखाँचीको सिद्धारा जलुके क्षेत्रमा जनयुद्धको समयमा आएक‍ र हिडेको क्षेत्र भएकोले यश क्षेत्रका प्रर्यटकिय क्षेत्रको बिकासमा सकारात्मक रहने बताए ‘‘यस अवधिमा अर्थतन्त्रमा महत्वपूर्ण सुधार आएको छ ।

उनले अर्घाखाँची जिल्लाको विकासमा संघीय सरकारले प्राथमिकता दिने बताउँदै जिल्लाको विकासप्रति जिल्लाका राजनीतिक दलहरूमा देखिएको एकता र सहकार्यप्रति आभारसमेत प्रकट गर्दै जिल्ला समन्वय समितिको तर्फबाट सबै राजनितीक दलहरुले दिएको सुझावसहितका प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए ।
कार्यक्रम प्रर्यटन राज्य मन्त्री शुशिला श्रीपाली,संघिय सरकारका पुर्व उपसभामुख पुष्पा भुसाल , पुर्व उर्जा मन्त्री पम्फा भुसाल,प्रदेस सांसद रामजी घिमिरे ,नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल प‍ोख्रेल सबै स्थानिय तहका प्रमुख उपप्रमेखहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?