कपिलबस्तुको चन्द्रौटामा सन्चालीत आठौ चन्द्रौटा कृषि , पर्यटन तथा औधोगिक प्रदशनी महोत्सव दुई दिन थप भएको छ । महोत्सव पौष २६ गते बिहिवार गते सम्म सन्चालन हुने आयोजक सस्था चन्द्रौटा उधोग बाणिज्य सघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले जानकारी दिनुभयो । पौष २६ गते बिबिध सास्कृतिक कार्यक्रम सहित समापन हुने अध्यक्ष पाण्डेले बताउनुभयो ।
पुस २४ गते मंगलबारका दिन चर्चित आधुनिक तथा पप गायीका आस्था राउत ,डान्स आइडल निर्णायक करिष्मा ढकाल , लोक तथा दोहोरी गायक विधान कार्की , लोक तथा दोहोरी गायीका संगिता चितैरेको प्रस्तुति रहने संयोजक इश्वरी प्रसाद पाण्डेले जानकारी दिनु भयो ।
८ ओै चन्द्रौटा महोत्सवमा दर्शकको उत्शाहजनक सहभागिता बढेको छ ।कलाकार हरु सग दर्शक झुमि रहेका छन । महोत्सवमा कृषि उत्पादन ,हस्तकला,देखि नर्सरी सम्मका स्टल छन । महोत्सवमा आयोजक उद्योग बाणिज्य संघले स्थानिय स्टल तथा कृषि स्टललाइ छुट दिएकोले आकर्षण बढेको छ । चन्द्रौटा महोत्सवमा स्थानिय महिला समुहहरुले आफै उत्पादन गरेको अचार बिक्रि गरिरहेका छन । महिलाहरुले उत्पादन गरेका विभिन्न स्टल महोत्सवमा रहेका छन । साथै महोत्सवमा बाल उद्यान लगायतका मनोरञ्जनमा सामाग्रीमा उत्साह जनक सहभागिता छ ।
चन्द्रौटा महोत्सब २ दिन थप , पुष २६ गते सम्म सन्चालन
प्रतिक्रिया