मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिनु भएको छ । आचार्यले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो सोही अनुसार उँहाले बिश्वासको मत प्राप्त गर्नु भएको हो ।

नेकपा एमालेका संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार आचार्यले विश्वासको मत लिनु भएको हो । ८७ प्रदेश सभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक हो । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थन भएको छ।

आचार्यलाई जसपाका २, जसपा नेपालका एक जना र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद सहित ७० जनाले समर्थन गरेका छन्।मुख्यमन्त्री आचार्यको विपक्षमा माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १/१ गरी 11 जना सांसद विपक्षमा मतदान गरेका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?