२ चैत्र २०८१, आइतवार
२ चैत्र २०८१, आइतवार

नेपालको कमजोर प्रदर्शनमा पनि छ कीर्तिमान

 

नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता पहिलो खेलमा मंगोलियामाथि विश्व कीर्तिमान जित निकाल्यो । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको मंगोलियालाई नेपालले २ सय ७३ रनले हरायो । उक्त जित अन्तर टि २० क्रिकेट इतिहासकै सबैभन्दा ठूलो हो । बिभिन्न किर्तीमान बनाएर चर्चामा रहेको नेपालको बलिङ लाइन पनि राम्रो देखियो तर मंगोलियालाई सस्तैमा समेटे पनि नेपालले मंगोलियाको जम्मा योगफको आधा भन्दा बढी अतित्तित रन दिएको छ ।
जितका लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो ।

मंगोलियाका दावासुरेन जम्यानसुरेनले २३ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । नेपाली बलिङ सामु दोहोरो अंकमा रन बनाउने उनी एक्लो ब्याटर रहे । पाँच खेलाडीले खाता खोल्न सकेनन् । तर मंगोलियाका पुरै ११ खेलाडीले बनाएको कुल रन भन्दा नेपाली बलरले एक्स्ट्रा अतिरिक्त बढी दिन पुगेका थिए ।

मंगोलियाका ब्याटरले कुल १८ रन जोड्न सकेका थिए । बाकी २३ रन नेपाली बलरले एस्क्ट्रा दिएका थिए । नेपालले १६ वाइड फ्याँले दुई नो बल र पाँच रन लेअन्य एक्स्ट्रा थियो ।नेपालबाट गुलशन झाले ३ ओभरमा १८ रन खर्चिए । गुलशनले ५ वाइड र एक नो बल फ्याँलेका थिए । सोमपाल कामीले २ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । उनले दिएको ६ रनमा २ वाइड र एक नो बल थियो ।

करण केसीले २ ओभरमा १ मेडनसहित १ रन खर्चेर २ विकेट लिए । करणले उक्त एक रन वाइडको रुपमा दिएका थिए । अभिनाश बोहराले २ ओभरमा १ मेडनसहित २ रन खर्चेर २ विकेट लिए । जसमा एक वाइड सामेल थियो । सन्दीप लामिछानेले २ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रले २ ओभरमा २ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र र सन्दीपले एक एक वाइड फ्याँलेका थिए । तर रनको वर्षा र विश्व कीर्तिमानले नेपालले दिएको बढी एक्स्ट्रा रन छायाँमा परेको थियो । नेपालले यस कमजोरीलाई आगमी दिनमा सुधार गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (50%)
  • हाँस्यास्पद (50%)
  • खुसी (0%)
  • दुःखी (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?