शितगंगा नगरपालिकामा बिगत १ महिना देखि स्क्रब टाइफसको महामारी जस्तै छ । हरेक दिन बिरामी भर्ना हुने गरेका छन । शितगंगा नगरपालिकाको प्रमुख स्वास्थ सस्थाको अबस्था दयनिय हुँदा धेरै बिरामी मर्कामा छन । आज मंगलबार अस्पतालबाट डिस्चार्ज भएका बाहेक अहिले पनि १२ जना बिरामी भर्ना भएका छन । अस्पतालमा बिरामी बस्ने ब्यवस्थापन नभए पनि बाध्यताले बिरामी भर्ना भएका छन अहिले वडा नम्बर २ ,३,४,१०,५ र ६ नम्बर वडाका बिरामी अस्पातलमा भर्ना भएर उपचार गराइरहेका छन ।
नगरपालिकाले ठोसरुपमा यस अस्पतालको ब्यस्थापनमा चाँसो नदिँदा जनता मर्कामा परेका छन तर जनप्रतिनिधीको यसमा ध्यान जाने गरेको छैन । अस्पतालमा हुने ब्यवस्थापनको बारेमा अस्पतालका ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ३ का वडा अध्यक्ष बाहेक अरुले कुरा उनउठाउने गरेको कार्यपालिका सदस्यले बताएका छन ।
नगरकै प्रमुख अस्पताल भए पनि यो अस्पतालमा बिभिन्न अप्ठेरोमा बजेट माग गर्दा अन्य बडा अध्यक्षले आफ्नो वडामा भएका स्वास्थ चौकीहरुमा समान भागभण्डा खोज्ने गरेको गुनासो कार्यपालिका श्रोतको भनाइ छ । बिगत १ महिनामा डेंगु र स्क्रबटाइफसका ७६ जना ३ दिन देखि ५ दिन सम्म भर्ना भएका छन ।
यि मध्ये २ जना जटिल मध्येका बुटवल रिफर गरिएको छ अन्यको यही उपचार पछि द्धर फर्किएका छन प्राथमिक स्वास्थ केन्द्रको ३ बेड को ब्यवस्थापन सहित सुबिधा हुने गरे पछि बिरामीको चाँप बढी छ । अस्पतालमा अभाव भएका वेड खरिद गर्न नगरपालिकाले कुनै सहयोग गरेको छैन । दैनिक सयौ जनताले सेवा लिने यो अस्पतालमा ल्यावमा समेत कर्मचारी अभाव छ ।
बिगत लामो समय देखि ल्याव एक जना कर्मचारीको भरमा छ एक दिन बिदा बस्दा सयौ बिरामी प्रभाबित हुँदा समेत नगरपालिकाले कुनै चाँसो नदिएको भन्दै आउने बिरामी समेत आका्रेसित हुने गरेका छन । स्क्रब टाइफसका बिरामी बढे सँगै औषधीको समेत अभाव भएको छ । बिहान बेलुका पटक पटक महंगा ेऔषधी चलाउनु पर्छ अहिले अस्पतालमा त्यो औषधी छैन दिनमा १५ सय २ हजारको औषधी किनेर चलाउनु पर्ने बाध्यतामा जनता छन । बिरामीहरु सुत्ने ठाँउ छ तर जाडोमा टाडाबाट आृनेहरु लाई ओड्ने कपडा प्राप्त मात्रमा अस्पतालमा नहुँदा बिरामी झनै बिरामी पर्ने जोखिम छ ।
स्क्रब टाइफसका लक्षणहरु
धेरै ज्वरो आउनु ९काम ज्वरो समेत आउन सक्छ०
धेरै टाउको दुख्नु
पसिना धेरै आउनु
आँखा रातो हुनु
झाडापखाला लाग्नु
किराले [माईट] टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु
स्क्रब टाइफसबाट बच्ने उपायहरु
खेतबारीमा काम गर्दा वनजंगल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइँ सम्म बुट लगाउने।
घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने
सम्भव भएसम्म भुइँमा नबस्ने। खाटमा वा अग्लो स्थानमा सुत्ने र बस्ने
सकेसम्म घाँसवारी र चउरमा नबस्ने
चउरमा, बारी, झाडी, घाँस तथा धुरान बढ्न नदिने
मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्ने।
स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ । औषधी सेवनपछि यो रोग निको हुन्छ।