शितगंगाका गाउँमै गर्भवतीको भिडियो एक्सरे सेवा हुने

न्युज पाना शितगंगा
शितगंगा नगरपालिकाले यो बर्ष पनि गर्भवती महिलाहरुका लागि ग्रामीण भिडियो एक्सरे अल्ट्रासाउण्ड सेवा संचालन गर्ने भएको छ । विगतको तुलनामा अत्याधिक महिलाहरु ग्रामीण भिडियो एक्सरे सेवामा सहभागि हुने अपेक्षा समेत रहेको शितगंगा नगरपालिकाका उपमेयर गीता भाटले बताउनु भयो ।

अल्ट्रासाउन्ड गर्नका लागि बुटवल सम्म जाने गर्भवती महिलाहरुका लागि नगरपालिकामा समेत सेवा लिन सकिन्न भन्ने बिश्वास दिलाउन समेत यसले सहयोग पुराएको उपमेयर गिता भाटले बताउनु भयो । गत बर्ष समेत नगरपालिकाले १४ वटै वडामा कार्यक्रम सञ्चालन गरेको थियो । यस बर्ष शितगंगा नगरपालिकाले २ चरणमा कार्यक्रम गर्ने भएको हो पहिलो चरणमा यहि कार्तिक १५ गते देखी २२ गते सम्म र बाँकी रहेका स्थानमा तिहार पछि कार्यक्रम सञ्चालन गरिने छ ।

ग्रामीण क्षेत्रका सम्पुर्ण गर्भवती आमाको अबस्था र बच्चाको अवस्था कस्तो छ भनि ग्रामीण अल्ट्रासाउन्ड मार्फत जाँच्ने र अवस्था अनुसार नियमीत फलोअपमा ल्याएर गर्भवती अवस्थालाई नियमीत रुपमा स्वास्थ्यचौकिमा जाच्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरीएको स्वास्थ्य शाखाप्रमुख दामोदर ढकालले बताउनु भयो।

हरेक तिन महिनामा ग्रामीण भिडियो एक्सरे सेवा संचालन गरिनु पर्ने माग रहेकोले त्यसलाइ समेत प्राथमिकतामा राखेको नगर प्रमुख छबिलाल पौडेलले बताउनु भयो । ठाडा प्राथमिक स्वास्थ केन्द्रले प्राबिधक रुपमा काम गर्ने छ ा डाक्टर सुभेक्क्षा शर्माको नेत्तृत्वले यसमा प्राबिधिक सहयोग गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

बुटवलमा नक्कली नोट छाप्ने मेसिन सहित ६ जना पक्राउ

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?