रसुवा बाढी पछि अर्घाखाँचीका सम्पर्कविहीन नागरिकको खोजीमा जुट्न आग्रह

अर्घाखाँचीको मालारानी गाउँपालिका–५ निवासी  नारायण पन्थी सहित मानसरोवर यात्रामा निस्किएको टोली सम्पर्कविहीन भएको छ।
उहाँसहित १७ जनाको टोली मंगलबार राति रसुवाको टिमुरेमा बास बसेको थियो। बाढि जाने दिन बुधबार बिहान करिब ६ बजे पन्थी आफैं फेसबुक लाइभ मार्फत उहाँले स्याफ्रुबेसीदेखि टिमुरेसम्मको करिब १७ किलोमिटर सडक निकै अप्ठ्यारो रहेको र आफूहरू टिमुरेमा बास बसेको जानकारी गराउनुभएको थियो। भिडियोमा देखिए अनुसार भोटेकोसी खोला नजिकै देखिने कुनशे होटलबाट उहाले लाइभ गरिरहनु भएको थियो ।
त्यसपछि पन्थीसहित यात्रामा रहेको १७ जनाको टोलीसँग सम्पर्क हुन नसकेको  काठमाडौं हलिडे टुर्स एण्ड ट्राभल्स प्रा.लि.ले जनाएको छ।
यसैबीच, पन्थीसहित सम्पर्कविहीन यात्रुहरूको तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय तथा सरोकारवाला सबैलाई सक्रिय रूपमा लाग्न जिल्लाबासीले अनुरोध  गरेका छन ।

रसुवागढी क्षेत्रमा गएको विनाशकारी बाढी तथा पहिरोपछि अर्घाखाँचीका अन्य केही नागरिकसमेत हालसम्म सम्पर्कमा आउन सकेका छैनन्। सोही क्षेत्रमा बिभिन्न क्षेत्रमा कार्यरत तथा घुम्न निस्किएकाहरु सम्पर्कमा आउन सकेका छैन्न । बाढि पछि सम्पुर्ण  नेटवर्क  टुटेकोले पनि सकुसल रहेकाहरुले समेत सम्पर्क गर्न नसकेको अनुमान भइरहेको छ । हिजो देखि सम्पर्क  बिहिन भएकाहरु अहिले सम्पर्कमा आउन थालेका छन । अर्घाखाँची सम्पर्क बिहिनहरु पनि सम्पर्कमा आउने आसामा जिल्लाबासी छन ।

सम्पर्कविहीन हुनेमा शितगंगा ४ जोगिनिकोट निवासी इञ्जिनिय शुबोध बेल्बासे , भूमिकास्थान नगरपालिका–९ काफ्ले निवासी मनिकला राना र तारा राना, पाणिनी गाउँपालिका–७ निवासी प्रशान्त रेश्मी र नारायण थापा तथा भूमिकास्थान नगरपालिका–८ लात्तेबाज निवासी इन्जिनियर कृष्ण श्रेष्ठ रहेको जानकारी प्राप्त भएको छ।
बाढी तथा पहिरोका कारण रसुवागढी क्षेत्रमा ठूलो क्षति भएको अवस्थामा सम्पर्कविहीन अर्घाखाँचीवासीसहित सबै यात्रुको अवस्था तत्काल पत्ता लगाई खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन परिवारजन तथा जिल्लावासीले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

हाल सम्म सम्पर्क हुन नसकेका ब्यक्तिहरु / बिहिबार ८ am
अर्घाखाँचीका सम्पर्क हुन नसकेका ब्यक्तिहरु / बिहिबार ८am
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

सन्धिखर्क नगरपालिकाले कर्मचारीको ७ दिनको तलब राष्ट्रिय विपद् राहत कोषमा उपलब्ध गराउने

रसुवामा आएको विनाशकारी बाढीमा परेकाहरुको उद्धार जारी

छुटाउनुभयो कि ?