शितगंगा नगरपालिकामा पूर्व सचिव कृष्ण हरि वास्कोटाद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

 

 

विक्रम आचार्य शितगंगा

अर्घाखाँची ।

शितगंगा नगरपालिकामा नेपाल सरकारका पूर्व सचिव कृष्ण हरि वास्कोटा प्रमुख प्रसिक्षकको रूपमा आयोजित प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

प्रशिक्षणमा नगरपालिकाका कर्मचारी, स्थानीय जनप्रतिनिधि र सम्बन्धित सरोकारवाला राजनितिकदलका प्रतिनिधी पत्रकारहरूले सहभागिता जनाएका थिए।

 

प्रशिक्षणमा वास्कोटाले सार्वजनिक प्रशासन, सुशासन, योजना कार्यान्वयन र पारदर्शिताका विषयमा अनुभव साझा गर्दै कार्यक्षमता वृद्धि र उत्तरदायित्वपूर्ण कार्यसम्पादनका उपायहरूबारे मार्गदर्शन प्रदान गर्नुभयो।

 

नगरपालिकाका प्रमुख तथा अन्य उपस्थित व्यक्तिहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपले स्थानीय विकासका कामलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

 

कार्यक्रम अन्त्यमा सहभागीहरूले आफ्नो अनुभव साझा गर्दै आगामी दिनमा नगरपालिकाको सेवा प्रवाहमा सुधार र जनमुखी कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।

कार्यक्रम नगर प्रमुख छविलाल पौडेलको अध्यक्षता उपप्रमुख गिता भाट तथा प्रमुख प्रसासकिय प्रमुख कृष्ण सापकोटाको विशेष आथिथ्यता साथै योजना खासा प्रमुख नुमलाल खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?