२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

वडाका योजना सुरु गर्न वडा अध्यक्ष बिसी सुझाव संकलन गर्न टोल टोलमा

शितगंगा नगरपालिका वडा नं। १३ का अध्यक्ष दुर्गा बिसीले यस वर्ष वडामा सञ्चालन हुने विभिन्न योजनाहरूका लागि राय सुझाव सङ्कलन कार्य लाइ निरन्तरता दिनु भएको छ । अध्यक्ष बिसीका अनुसार, प्रदेश तथा संघीय सरकारका माननीयहरू, विभिन्न कर्मचारीहरू, र स्वयंको पहलमा यस पटक वडामा १५ करोडभन्दा बढी बजेट विनियोजन भएको छ। धेरै योजना रहेकोले वडा सदस्यहरु लाइ समेत बिभिन्न टोलहरुमा जनताका सुझाव संकलन गर्न खटाइएको वडा अध्यक्ष बिसीले जानकारी दिनु भयो ।

आ।व। ०८१÷८२ को बजेट अन्तर्गत भोटेवजार पार्क निर्माणका लागि नगरपालिकाबाट रु ५००,००० पाँच लाख र विनियोजित बजेटबाट रु ३२,००,००० बत्तीस लाख गरी कुल रु ३७,००,००० सैतिस लाख छुट्याइएको छ। उक्त बजेटको सहायतामा निर्माण कार्य अगाडि बढाउन राय सुझाव सङ्कलन गरिएको छ।यस बजेट व्यवस्थापनमा विशेष योगदान गर्ने नेपाल सरकारका उपसचिव राजन कुमार बिसीप्रति अध्यक्ष बिसी तथा नगरपालिकाका जनप्रतिनिधी हरुलाई वडा अध्यक्ष बिसीले विशेष धन्यवाद व्यक्त गर्नु भयो

सुझाव सङ्कलन कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहने गरेको छ साथै वडाको समग्र बिकास मा वडा सदस्यहरुको समेत सक्रिय सहभागिताले वडामा काम गर्न सहज भएको छ । कार्यक्रममा वडाभित्रका अन्य योजनाहरूको प्राथमिकता निर्धारण, बजेट उपयोगको प्रभावकारीता, र स्रोतहरूको पारदर्शिता सम्बन्धमा व्यापक छलफल भएको छ। यस पहलले वडा नम्बर १३ मा संरचनात्मक विकास र जनसरोकारका योजनाहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको कार्यक्रममा वडा अध्यक्ष बिसीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?