न्यायिक समिति सञ्जाल, अर्घाखाँचीको प्रथम बैठक पाणिनी गाँउपालिकाको न्यायिक समितिको आयोजननामा सम्पन्न भएको छ । पहिलो बैठकले शितगंगा नगरपालिकामा भएको न्यायिक सम्मेलनको समिक्षा जिल्लाका स्थानिय तहमा भएको न्यायिक सम्पादनको अबस्था तथा चुनौतीका ेबारेमा छलफल गरेको को छ ।
न्यायिक समिति सञ्जाल, अर्घाखाँचीका अध्यक्ष शितगंगा नगरपालिकाका उपप्रमुख गिता भाटको अध्यक्षता , पाणिनी गाँउपालिकाका अध्यक्ष टेकराज न्यौपानेको बिषेस आथित्यतामा सम्पन्न बैठकले आगामी बैठक अन्य स्थानिय तहको आयोजनामा गर्ने र न्यायिक क्षेत्र सँगका सरोकारवाला सँगको अन्तरकृया तथा न्यायिक समितिमा रहेका समस्या समाधानका लागि संवाद कार्यक्रम गर्ने भएको छ ।
बिभिन्न नमुना स्थानकोअवलोकन भ्रमण गरि न्यायिक क्षेत्र ब्यवस्थित गर्न प्रयास गर्ने निर्णय गरेको छ न्यायिक समिति सञ्जाल, अर्घाखाँचीको सचिव केशब बेल्बासेको सञ्चालनमा भएको बैठकमा जिल्लाका सबै स्थानिय तहका उपप्रमुख तथा न्यायिक समिति सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पाणिनी गाँउपालकाका उपाध्यक्ष नर्मदा गौतमको स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त न्यौपानेले शुभकामना दिनु भएको थियो ।