शितगंगा १० मा अन्तर बिधालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

शितगंगा नगरपालिका वडा नम्बर १० को सहयोग तथा सुबोधिनी माबि बर्रेको ब्यवस्थापनमा नगरस्तरिय हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिका स्तरीय आधारभूत तह कक्षा कक्षा १ देखि ५ सम्मको अन्तर बिधालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम मन्द्रे माबि प्रथम ,सुबोधिनि माबि दोस्रो , गैरा माबि तेस्रो तथा डिहि आधारभुत बिद्यालयले शान्त्वना स्थान हासिल गरेको छ । बिभिन्न १२ बिद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए । वडा नम्बर १० ले बिद्यालय सुधार तथा बिद्यालयमा बिभिन्न कृयाकलाप गर्ने सहयोग गरिरहको भन्दै वडाका स्थानियले खुशी ब्यत्त गरेका छन ।

कार्यक्रममा वडा अध्यक्ष केशब प्रसाद बेल्बासेले वडाको तर्फबाट हुन सक्ने सबै सहयोग शिक्षको सुधारमा हुने प्रतिवद्धता ब्यत्त गर्नुभयो साथै आगामी जेठ ३२ गते कक्षा ६ देखि १० सम्मको अन्तर बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष बेल्बासेले जानकारी गराउनु भयो । यस्तै कार्यक्रममै इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक रबिन्द्र चन्दले आत्महत्या रोकथाम सम्बन्धि प्रस्तुती समेत राख्नु भएको थियो कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख छबिलाल पौडेलले नगरपालिकाको तर्फबाट बिद्यालयमा सहयोग गर्ने बताउनु भयो । नगरपालिकाले सबै भन्दा बढी बजेट शिक्षामा खर्च गरे पनि सन्तोष जनक उलब्धी हुन नसकेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?