शितगंगा ४ को वडा कार्यालय निर्माण अन्तिम चरणमा

शितगंगा नगरपालिका वडा नम्बर ४ को वडा कार्यलयको निर्माण अन्तिम चरणमा पुगेको छ स्थानिय तह सञ्चालनमा आएको ७ बर्ष पछि वडाको आफ्नै भवन बन्न लागेको हो । शितगंगा ४ को सानादहमा वडा कार्यलय निर्माणधिन अबस्थामा रहेको छ । निमार्णको ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण ब्यावसायी सञ्जय रानाले बताउनु भयो । एफ आर कन्ट्रक्सनले निर्माणको ठेक्का पाएर काम सुरु गरि समय भन्दा अगाडीनै भवन सम्पन्न गर्न लागेको हो । २०८० चैत ४ गते सुरु भएको योजना ३ महिनाको समय राखी २०८१ असार २ गते सक्ने मिति रहेको छ कुल ५९ लाख ९९ हजार बराबरको बजेट रहेको उत्त योजना एफआर कन्ट्रक्सनले ३४ लाख ९२ हजार ५७० भ्याट बाहेकमा ठेक्का प्राप्त गरि निर्माण सुरु गरेको थियो । आगमी आर्थिक बर्षबाट कार्यलयबाटै सेवा सञ्चालन हुने वडा अध्यक्ष दामोदर अधिकारीले बताउनु भयो साथै वडाले वडाबासीको सहजताको लागि भेडामारामा समेत वडाको सम्पर्क कार्यालय यसै बर्ष निर्माण गर्ने योजना रहेको वडा अध्यक्ष अधिकारीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?