शितगंगा नगरपालिका वडा नम्बर १३ कृतिपुरमा तिहारलाई लक्षित गरि फुलखेती गरिएको छ । फुलहरु अब बजार जाने अबस्थामा तयारी हुँदै छन । चितवनका कृषक सुर्दशन गौतमले लगाएको फुल तयारी भएको छ । गौतम एग्रोनरि सञ्चालक गौतमले यस क्षेत्रमा कृषिमा करोडौ लगानी गरेर दजनौ स्थानियलाई समेत रोजगारी दिइरहेको बताउनु भयो । अहिले फममा फुल सँगै स्टोबरी , खुसार्नी गायतका बिरुवा हुर्कदैछन ।
बुधबार सोही स्थनमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरि एग्रोनरी सञ्चालक गौतमले निजि क्षेत्रको करोडौ लगाडी भएको स्थानमा राज्यले समेत न्युनतम आवश्यकतामा ध्यान दिन पर्ने बताउनु भयो । कार्यक्रममा स्वागत गर्दै गौतमले करोडौको लगानी लगाएको भए पनि सडक ,बिजुली पानीको समस्या खेप्नु परिरहेको बताउनु भयो । आबस्यक सामाग्री ढुवानीमा ठुलो रकम खर्च हुने गरेको बताउदै बिजुली र सडक निमार्णमा सहयोग गर्न नगरपालिकालाई अनुरोध गर्नु भयो । अहिले सो क्षेत्रमा करिव ६ हजार बिरुवा फुल तयारी अबस्थामा रहेका छन उत्पादन भएको फुल बुटवल, पोखरा लगायतका स्थानमा माग भएको र प्रतिकिलो ५ सय देखि ६ सय सम्मा फुल बिक्री हुने सञ्चालक गौतमले बताउनु भयो ।
कार्यक्रममा बोल्दै पुर्व उपमेयर टिका रेस्मिले शितगंगामा लगानी गर्ने अधिकांस निजि ब्यावसाही सरकारको उपेक्षामा परेको गुनासो गर्नु भयो । बिभिन्न कृषि फर्म सञ्चालन गरिरहेकाहरुको संरक्षणमा नगरपालिकाले नजर नपुराएको गुनासो गर्दै करोडौ लगाडी डुवाएर ब्यावसायी जानेगरेका बताउदै एग्रो टुरीजम बाहेक शितगंगाको बिकास सम्भव नभएकोले यस तर्फ नगरको ध्यान आर्कषण गर्नु पर्ने बताउनु भयो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले नगरपालिकाले नितिगत रुपमा गर्ने सहयोगमा सधै खुला रहने बताउनु भयो । नगरपालिकाको क्षेत्र भित्र रहेर गर्ने सहयोगमा नितिगत सुझाव दिन पनि अनुरोध गर्नु भयो राज्यको नितिनै आर्थिक उत्पादन रोजगारी सिर्जना र ब्यापार घाटा न्युनिकरण रहेकोले पनि यि तिनै कुरा यसले पुरा गर्न योगदान दिएकोले पनि निजि क्षेत्रको लगानी सुरक्षित गर्न सरकार सकारात्मक हुनु पर्ने बताउनु भयो ।
यस्तै नगर उपप्रमुख गिता भाटले बढ्दो युवा पलायनको समयमा यहि पनि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दे स्थानियलाई रोजगारी समेत दिएर कार्य सुरु गरेकोमा प्रशसा गर्दे यस्ता ब्यवसायहरु संरक्षण र बजारी करणमा स्थानिय तह सकारात्मक रहेको बताउनु भयो ।
यस्तै नगर प्रमुख छबिलाल पौडेलले नगरपालिकामा धेरै जग्गा बिभिन्न ब्यत्तीले खरिद गर्ने र यसै छाड्ने गरिरहेको अवस्थामा गौतम एग्रोनरी सञ्चालन गरेर बिभिन्न कृषि योजना सुरु गर्नु भएकोमा धन्यवाद दिँदै र्फम भएको स्थान सम्म सडक मर्मत ,बिजुली र पानी ब्यवस्थापनको तुरुन्तै पहल हुने बताउनु भयो ।
अहिले नगरपालिकामा बजेटको अभाव भएकोले पनि हरेक स्थानमा बजेट बिनियोजन हुन नसकेको बताउनु भयो नगरपालिकामा रहेका करारका कर्मचारीहरु अहिले पनि असार यता तलव बिहिन भएकोले पनि नगरपालिकाले बजेट अभावमा सोचे अनुसारको काम गर्न नसकेको बताउनु भयो । कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष दुर्गा बिसी लगायात बिभिन्न स्थानियको उपस्थिती रहेको थियो ।