न्यूजपाना , शितगंगा
शितगङ्गा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र०८२ को लागि ८६ करोड ८६ लाख ९० हजार रुपैयाँ बजेट ल्याएको छ। १५ औं नगरसभा मार्फत नगर उपप्रमुख गिता भाटले सार्वजनिक गरेको बजेटमा चालुतर्फ ६२ करोड ९५ लाख ६५ हजार र पूँजीगततर्फ २३ करोड ९१ लाख २५ हजार रूपैयाँ रहेको छ ।
संघबाट समानीकरण अनुदान १२ करोड ८० लाख, सशर्त अनुदान ४७ करोड १५ लाख ५५ हजार र राजश्व बाँडफाँडतर्फको रकम १६ करोड ७२ हजार प्राप्त हुने अनुमान रहेको छ ।
लुम्बिनी प्रदेशबाट समपुरक अनुदान १ करोड ५ लाख, संघीय समपुरक अनुदानतर्फ ५० लाख, सडक बोर्ड नेपाल समपुरक अनुदान ६५ लाख, प्रदेश समानीकरण अनुदान ८९ लाख २० हजार, प्रदेश सशर्त अनुदान १ करोड २८ लाख, प्रदेश विशेष अनुदान ३० लाख र प्रदेश राजश्व बाँडफाँट १ करोड १२ लाख र चालू आर्थिक बर्षको अनुमानित बचत १ करोड ४९ लाख २१ हजार हुने प्रारम्भिक अनुमान रहेको भाटले बताइन् ।
शितगंगाले कृषि उत्पादन, शिक्षा, स्वास्थ, पुर्बाधार विकासलाई बजेटमा प्राथमिकता दिएको छ । १२ कक्षासम्म निस्शुल्क शिक्षा व्यवस्थापनको लागि २० लाख र उपप्रमुख शैक्षिक कार्यक्रमका सञ्चालन गर्ने भएको छ । त्यस्तै नगरपालिकाले नमुना कृषि फार्म सञ्चालन गर्न ५ लाख बजेट विनियोजन भएको छ । नगरभित्र कृषि तथा पशु विकासका माध्यमबाट स्थानीयलाई रोजगारी सृजना र आय आर्जन बढाउन नगरप्रमुख कृषि विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यसको लागि १ करोड १० लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरेको उनले बताइन् ।
नगरभित्रका ५ वटा नगर गौरवका सडक ठाडा( अमराइ( जुकेना देउराली ऐरावती, भेडामारे(सिमलपानी( बौरीभाट गाउँ चिदिचौर हुँदै चोलारानी दाव पावरा बिक्रमसोता, चाक्ला (हरेबरे(बहखोर( पाकुरी धानखोला, सितापुर(सुवर्णखाल( मन्द्रे( नेटापोखरा र ढुंगेशेरा( टिकरी(मौवाबारी( वनकासवासलाई निर्माण गर्न नगर,संघ र प्रदेशबाट समपुरक अनुदान समेत गरि ५ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरी खडरबट्टी( फोर्सल( सुपारीनेटा( बाँके हरे, सातमारा( लाहापे(सिलिङखोला( चिदिचौर सडक र हरे( लौरी( लामाताल सडकलाई २ करोड २० लाख सहित नगरभित्रका सडक मर्मत तथा स्तरोन्नतीका लागि कुल ९ करोड २० लाख ८० हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै सुशासनतर्फ १३ करोड ५२ लाख ७० हजार बजेट पारिएको छ ।
नगरले सडक सञ्जालको स्तरोन्नती गर्ने साथै नगरबाट बजेट विनियोजन भई निर्माण कार्य सम्पन्न नभएका भवन निर्माणमा निरन्तरता दिने, नगरको शिक्षा प्रणालीमा परिणात्मक र गुणात्मक सुधार ल्याउने र कृषि, शिक्षा, स्वास्थ्य र पुर्बाधारका क्षेत्रमा लगानी बढाई नगरबासीले अनुभूति गर्ने गरि नयाँ आयोजना सञ्चालनमा ल्याउने नीति अगाडि सारेको छ
शितगंगा नगर प्रमुख छविलाल पौडेलको अध्यक्षतामा भएको नगरसभामा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, नगरको १४ वटै वडाध्यक्षहरू, वडा सदस्य र कर्मचारीको उपस्थिति रहेको थियोे ।