गैडाकोट नगरपालिकामा शितगंगाका प्रतिनिधीलाइ सम्मान

न्युजपाना ,

गैडाकाेट नगरपालिकाले शितगंगा नगरपालिकाकाे जनप्रतिनिधि र कर्मचारी टिमलाई एक कार्यक्रमका बिच सम्मान तथा मायाकाे चिनाे प्रदान गरेकाे छ ।

गैडाकाेट न .पा का प्रमुख प्रसाशकीय अधिकृत झविन्द्र खनाल ,गैडाकाेट न.पा वडा न.९ अघ्यक्ष धामनाथ सापकोटा , लेखा अधिकृत बिष्णु प्रसाद भुसाल र लेखापाल जनक कार्की लगाएको टिमले सम्मान तथा मायाकाे चिनाे प्रदान गर्नुभयाे । करिव २ बर्ष शितगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी समाल्नु भएका खनालले शितगंगाबाट गएका जनप्रतिनिधीहरुलाइ स्वागत तथा सम्मान गर्नु भएको हो । सोहि क्रममा खनालले शितगंगा नगरपालिकामा र गैडाकोटमा भएका र राम्रा पक्षको बारेमा जानकारी गराउदै शितगंगाका राम्रा पक्षलाइ गैडाकोटमा समेत कार्यन्वयनमा प्रयास गरिरहेको र गैडाकोटका राम्रा पक्ष शितगंगामा हुन नसकेका कार्यलाइ कार्यान्वयनमा कार्यपालिकामा प्रयास गर्न अनुरोध गर्नु भएको थियो ।


साथै साेहि अवसरमा शितगंगा १० का अध्यक्ष र गैडाकाेट ९ का अध्यक्ष बिचमा मितेरी सम्बन्ध कायम गर्नुकाे साथै गैडाकाेट न.पा. र चितवनका बिभिन्न पर्यटकिय तथा धार्मिक स्थलहरुकाे दर्शन अवलाेकन समेत गरिएकाे छ । साथै शितगंगा जनप्रतिनिधीले गैडाकोटका कर्मचारी तथा जप्रतिनिधीहरुलाइ शितगंगा तथा अर्घाखाँचीका प्रर्यटकिय क्षेत्र अवलोकन गर्न निमन्त्रणा समेत दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?