नेकपा एमाले शितगंगा नगर कमिटिद्धारा बिपद् कोषको रकम दुरुपयोग सम्बन्धि बिज्ञप्ती जारी

न्यूजपाना ,शितगंगा/

शितगंगा नगरपालिका वडा नं. ११ र १२ को जोख्ले गैरा र ढुङ्गेशरामा २०७७ सालमा गएको पहिरो पिडितहरुका लागी बिभिन्न संस्था तथा निकायहरुबाट प्राप्त नगद रु १०,९३,०६८ ( दश लाख तिरानवे हजार अठसठ्ठि रुपैयाँ ) र २१८ जस्तापाता सहित खाधान्न सम्बन्धित क्षेत्रका पहिरो पिडित हरुलाई वितरण नगरी तत्कालिन नगर प्रमुख सुर्य प्रसाद अधिकारीको तोक आदेशमा आफु अनुकुलका ब्यक्क्तिहरुलाई अन्यत्रै वितरण गरिएको रेकर्ड देखिएकोले बिपतबाट घरबार बिहिन नागरीक माथी गरिएको यस प्रकारको बिभेद तथा अन्यायको नेपाल कम्युनिष्ट पार्टी ( एमाले) शितगंगा नगरपालिका नगर कमिटिले घोर भ्रत्सना गर्दै विज्ञप्ती जारी गरेको छ ।

उक्त्त रकम र सामग्रि सम्बन्धीत क्षेत्रका पहिरो पिडितहरुलाई तत्काल उपलब्ध गराउन तथा यस प्रकारको कार्यमा संलग्न सबै पक्षलाई न्यायोचित छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाहिकोे नेकपा एमाले शितगंगा नगर कमिटिले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?