इलाम–२ मा ५७ प्रतिशत मतदान

इलाम २ को भएको उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कुल मतदाता १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले हालसम्म ५७ प्रतिशत हुनआउने ६६ हजार मतदाताले मतदान गरेको घिमिरेले बताए ।
चाडो मतपेटिका आइपुगे आजैदेखि मतगणना शुरु हुने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन् । मतपेटिकाको ढुवानी ढिलो भएमात्र भोलि देखि मतगणना गर्ने इलाममा तयारी छ । राति १० बजेसम्म सबै मतपेटिका ल्याउने गरि काम गरिएको प्रजिअ यादवले बताए । १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर विविध निर्णय हुन्छ, तर हामीले चाडो मतपेटिका आए आजैदेखि मतगणना गर्ने तयारी गरेका छौं ।’ भौगोलिक कठिनाई र सहज बाटो नहुदा फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकाम मतपेटिका चाडै आइपुग्न समस्या छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्र तोकेको गौतमबुद्ध सभागृहमा मतपेटिका आइपुग्नुपर्ने हुन्छ । इलाम २ मा ६ पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रमा उपनिर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?