महायज्ञको तयारी अन्तिम चरणमा

न्यूजपाना , शितगंगा

ज्योती भबिश्वर बहुमुखी क्याम्पसको आयोजनमा हुने महायज्ञको तयारी तिव्र रुपमा अघि बढेको आयोजकले जनाएको छ । तयारीको काम अन्तिम चरणमा पुगेकोे आयोजक संस्था ज्योती भबिश्वर बहुमुखी क्याम्पसका अध्यक्ष कुमार केशव बेल्बासेले जानकारी दिनु भयो । क्याम्पसले महायज्ञ सञ्चालनका लागि बिभिन्न उपसमिति बनाएर जिम्मा बाडफाड गरेको र सोही अनुसार काम भइरहेको क्याम्पस प्रमुख बिष्णु प्रसाद भट्टराइले जानकारी दिनु भयो । बैशाख १ गतेबाट सञ्चालन हुने महायज्ञको प्रचारप्रसार तथा सजावट र निमार्णको काम अन्तिम चरणमा पुगेको र भोली शुक्रबार बिहान मोटरसाइकल रयाली गरि प्रचार प्रसार गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महायज्ञको लागि मंच निमाण , १०८ सालिग्राम प्रर्दशन स्थल, हवन कुण्ड धनधन्याञ्चल यज्ञ गौशाला निमार्ण लगायतका काम सम्पन्न भएको छन महोत्सवको लुम्बिनी प्रदेश सभा सदस्य रामजी घिमिरेले उद्धघाटन गर्ने कार्यक्रम रहेको क्याम्पसले जनाएको छ । महायज्ञमा प्रमुख वाच ब्यवस्थापन मानव सेवा फाउण्डेसनको र प्रमुख कथा बाचक विश्व बिख्यात बाल योगेश्वोर श्री बिजय कृष्ण मुर्तीजी महाराजको मुखार बिन्दु बाट कथा प्रबचन हुने भएको छ ।

यस अघि २०७५ सालमा महायज्ञ सञ्चालन गरि ७३ लाख संकलन गरिएको थियो । क्याम्पस सञ्चालनमा बजेट अभाव भएकोले महायज्ञ सञ्चालन गरिएको थियो सोही रकम बैकमा राखि अहिले कार्यलय सञ्चालनमा सहयोग भएको छ । क्याम्पसको अलपत्र भवन निमार्णमा स्थानिय सरकारलाई पटक पटक अनुरोध गर्दा पनि बजेट ब्यवस्थान हुन नसक्दा भवन अलपत्र छ भने बिद्याथी जोखिम पुर्ण जिर्ण भवनबाट पठनपाठन गर्न बाध्य बनेका छन ।
२०६९ सालवाट त्रिभुवन बिश्वविधालयवाट सम्वन्धन प्राप्त गरि स्नातक तहका ब्यवस्थापन संकाय र शिक्षा संकाय बिभिन्न कक्षाहरु सञ्चालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?