३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

शितगंगा नगरपालिकामा आत्महत्या रोकथाम दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न

शितगंगा नगरपालिका, भदौ २५ – आत्महत्या रोकथाम दिवसको अवसरमा शितगंगा नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको यस कार्यक्रमले आत्महत्या रोकथामका उपायहरूमाथि विस्तृत छलफल गर्दै नगरवासीहरूलाई सचेत बनाउने प्रयास गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख दामोदर ढकालले आत्महत्या रोकथामको विषयमा हालको अवस्था, चुनौतीहरू, र सम्भावित समाधानहरूको बारेमा विस्तृत प्रस्तुति दिनुभयो। उहाँले आत्महत्याको समस्या समाजमा दिनप्रतिदिन बढ्दै गएको र यसलाई नियन्त्रण गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले खेल्न सक्ने भूमिकाको महत्त्वबारे जानकारी गराउनुभयो। विशेषगरी, शिक्षा, स्वास्थ्य, र समाजसेवाका क्षेत्रमा हुने समन्वित प्रयासहरूले आत्महत्या रोकथाममा ठूलो योगदान पुर्याउन सक्ने उहाँको भनाइ थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रविन्द्र चन्दले शितगंगा नगरपालिकामा आत्महत्याको बढ्दो अवस्थाको सम्भावित कारणहरूको बारेमा जानकारी दिनुभयो। उहाँले प्रहरीको तर्फबाट गरिने आत्महत्या रोकथामका पहलहरूको बारेमा पनि चर्चा गर्नुभयो।

कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल,प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवा, विद्यार्थी, र संघसंस्थाका प्रतिनिधिहरूउपस्थिती रहेको थियो

यस अन्तरक्रियात्मक कार्यक्रमले शितगंगा नगरपालिकामा आत्महत्या रोकथामका लागि ठोस कदमहरू चाल्न प्रेरित गर्ने विश्वास गरिएको छ। कार्यक्रमको अन्त्यमा, नगरपालिकाका तर्फबाट आगामी दिनमा थप यस्ता कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरियो।

कार्यक्रममा सहभागीहरुले उठान गरेका आत्महत्या रोकथामका केही उपायहरू
सचेतना कार्यक्रमहरू आत्महत्याको जोखिमका बारेमा समुदायमा व्यापक सचेतना फैलाउनु आवश्यक छ। विद्यालय, कलेज, र समाजिक संस्थाहरूमा आत्महत्या रोकथाम सम्बन्धी प्रशिक्षण र कार्यशालाहरू सञ्चालन गर्नुपर्छ।

समायोजन र परामर्श सेवाहरूस् मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई समायोजनको व्यवस्था गर्नुपर्छ। समुदायस्तरमा परामर्श केन्द्रहरूको स्थापना गरी, आवश्यक परामर्श र मनोवैज्ञानिक सहयोग उपलब्ध गराउन सकिन्छ।

पारिवारिक सहयोग आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका व्यक्तिहरूलाई परिवार र समुदायबाट सहानुभूति र सहयोग प्रदान गर्नुपर्छ। पारिवारिक समर्थनले व्यक्तिहरूलाई मानसिक रूपमा सशक्त बनाउन मद्दत गर्दछ।

शिक्षा र जागरूकतास् विद्यालय र कलेजका पाठ्यक्रमहरूमा मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम सम्बन्धी पाठ्यक्रम समावेश गर्नु आवश्यक छ। यसले युवा पुस्तामा आत्महत्याको समस्याको बारेमा प्रारम्भिक ज्ञान प्रदान गर्दछ।

समन्वयकारी प्रयासहरूस् विभिन्न सरकारी निकायहरू, गैरसरकारी संस्था, र समुदायबीच समन्वय गरी आत्महत्या रोकथामका प्रयासहरूलाई प्रभावकारी बनाउनु आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?