घुम्ति शिबिर गरि घरदैलोमै सेवा प्रवाह

अराज बेल्बासे ,चैत ८

शितगंगा नगरपालिकाले स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर गरेको छ । नगरपालिकाले वडा नम्बर १४ मा सञ्चालन गरेको शिविरबाट ४० जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको छ । पाठेघरको मुखमा हुने क्यानसरको जाँच तथा सम्भावित क्षयरोगको लागि नमुना संकलन गरिएको छ ।

नगरपालिकाले सञ्चालन गरेको घुम्ती शिविरबाट ८४ जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको थियो । ७ जनाले अपाङगता भएका परिचयपत्र बितरण तथा परिचयपत्रका लागि निवेदन संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
लामो दुरि हिडेर नरपालिकामा लिनु पर्ने सेवा वडास्तरबाटै प्रदान गरिने सेवा लिन पाउँदा आफुहरुलाई सहजखुशी लागेको र स्थानीय सरकारको अनुभूति भएको स्थानीयले बताए ।
नगरपालिकाको कार्यालयबाट प्रदान गरिने सेवालाई नागरिकको घरदैलोबाटै सेवा प्रदान गर्ने आफुहरुको लक्ष्यअनुसार नै शिविर सञ्चालन गरिएको योजना अधिकृत नुमलाल खनालले जानकारी दिनुभयो ।
भुगोलको हिसावले टाढा रहेका वडा ६,७,८,१० र १४ लगायतका वडाका नागरिकलाई वडा र टोलस्तरबाटै शिविरको माध्यमबाट सेवा प्रवाह गर्ने उदेश्यले शिविर सञ्चालन गरिएको हो ।
शिबिरमा नगर प्रमुख छबिलाल पौडेल ,स्वास्थ शाखा प्रमुख दामोदर ढकाल महिला तथा बालबालिका शाखाका रमा पाण्डे, अपाङ्ग परिचय पत्र बितरण समितिका शंकर अर्याल, डाक्टर शुभेक्क्षा शर्मा , नगरपालिका प्रशासन शाखा प्रमुख ओम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?