शिक्षा क्षेत्रमा शुधार ल्याउन विद्यालयमा नगर स्तरिय अनुगमन तिव्र

विक्रम आचार्य शितगंगा

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले विद्यालय अनुगमनलाई तिब्र बनाएको छ ।

नगरमा रहेका विद्यालयको भौतिक तथा शैक्षिक अवस्था, सुधार गर्नुपर्ने पक्ष, विद्यार्थी संख्या लगायतका विषयमा स्थलगत अनुगमन आउँदै गरेको एस इ इ रिजल्ट लाई राम्रो नतिजा ल्याउने उद्देश्यका साथ अनुगमनलाई तिब्रता दिएको हो अनुगमनका क्रममा शितगंगा ६ को श्री शिवादह मा । वि । मा अनुगमन गर्दै नगर प्रमुख छविलाल पौडेलले बताउनु भयो ।

साथै नगरले कार्यविधी बनायर दुई महिना कक्षा ८ ,९,१० लाई अतिरिक्त कक्षा चलाउने निर्णय भएकोले सो कार्यन्ययन भए नभएको पनि अनुगमन भएको र यस शिक्षा सुधार अभियानमा सबै पक्षले साथ दिनुपर्ने र सम्बन्धित शिक्षकलाई प्रोत्साहन र निरुत्साहन को व्यावस्था नगरले गर्ने नगर उप प्रमुख गिता भाटले बताउनु भयो ।
शितगंगा भित्र रहेका १५ मा वि को अनुगमन गर्ने र अरिरिक्त कक्षा संचालन भए नभएको अनुगमन गर्ने र कतिपय विद्यालय मा पुगिसकेका छौ र वाकि विद्यालयमा पनि पुगेर अनुगमन गर्दै शिक्षाको क्षेत्रमा राम्रो सुधार ल्याउन नगरपालिका प्रतिवद्ध रहेको प्रमुख प्रसासकिय प्रमुख अर्जुन शर्माले बताउनु भयो।

अनुगमनको क्रममा शिक्षक विद्यार्थीको हाजिरी रजिष्टर साथै शैक्षिक प्रगति को अनुगमन तथा निरीक्षण गरियको शिक्षा साखा का प्रतिनिधी राजकुमार शिंजालीले बताउनु भयो ।
नगर प्रमुख छविलाल पौडेल उप प्रमुख गिता भाट प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्मा वडा नं । ६ का वडा अध्यक्ष ऋषि रेश्मी वडा नं । ५ का वडा अध्यक्ष चन्द्र मणि बेल्वासे योजना साखा प्रमुख नुमलाल खनाल शिक्षा शाखा प्रतिनिधी राजकुमार शिंजाली लगायतको नगरको उच्च स्तरको टोलीबाट विद्यालयको अनुगमन गरियको हो ।
अनुगमनको क्रममा कलास प्रवेस र कलास बाहिर को टाईम सेट विद्यार्थी वाट गराईयको नविनतम कार्यको लागि श्री शिवादह मावि का प्रधानाध्यापक गिरि थापा लाई धन्यवाद दिईयको थियो ।

यस्ता उच्च स्तरका अनुगमन महिना मा एक पटक हुने र विद्यालयको जग आधारभुत तहलाई प्राथामिकता दिन सके शैक्षिक क्षेत्र सुधारउन्मुख हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?