शितगंगा–५ जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अर्घाखाँची जुकेना रुपन्देही सम्पर्क समाजको आयोजनामा शितगंगा नगरपालिका वडा नं. ५ जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

ग्रामीण भेगका नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको थियो।
शिविरमा सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण, रोग पहिचान, परामर्श, औषधि वितरण तथा आवश्यक प्राथमिक उपचार सेवा प्रदान गरिएको थियो।
विशेषगरी दीर्घरोग, मौसमी संक्रमण, रक्तचाप, मधुमेह, श्वासप्रश्वास, जोर्नी दुखाइ, छाला समस्या लगायतका रोगका बिरामीले सेवा लिएका थिए। आर्थिक अभावका कारण नियमित स्वास्थ्य जाँच गर्न नपाइरहेका नागरिकका लागि शिविर निकै उपयोगी बनेको सहभागीहरूले बताएका छन्।
समाजका अध्यक्ष विष्णु पौडेल लगायत पदाधिकारीहरूको सक्रिय समन्वय र व्यवस्थापनमा सञ्चालन भएको शिविरमा डाक्टर प्रेम प्रकाश पौडेल र डाक्टर चन्द्र घिमिरे लगायतका चिकित्सकहरूले प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गरेका थिए।

शिविर नगरप्रमुख  छबिलाल पौडेल, उपप्रमुख गीता भाट, वडा अध्यक्ष  ऋषि रेश्मी तथा स्वास्थ्य शाखा प्रमुख दामोदर ढकाल लगायतको उपस्थिति रहेको थियो। अतिथिहरूले समाजले दुर्गम बस्तीमा पुर्‍याएको स्वास्थ्य सेवाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समुदायको स्वास्थ्य अवस्था सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमका अवसरमा बोल्दै जनप्रतिनिधिहरूले स्थानीय तह र सामाजिक संघसंस्थाबीच सहकार्य बढ्दै गएमा स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा उल्लेखनीय सुधार सम्भव हुने धारणा राखे।

वृद्धवृद्धा, महिला, बालबालिका तथा दीर्घरोगी बिरामीको संख्या उल्लेख्य रहेको थियो। शिविरले तत्काल उपचार मात्र नभई स्वास्थ्य सचेतना अभिवृद्धि गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेको समाजका पदाधिकारीहरूले बताएका छन्।
<span;>अर्घाखाँची जुकेना रुपन्देही सम्पर्क समाजले यसअघि पनि विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। ग्रामीण बस्तीमा स्वास्थ्य सेवा पुर्‍याउने यस्ता प्रयासले स्थानीय बासिन्दामा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।
यस्तै समाजले सोही कार्यक्रममा आफ्नो भित्तेपात्रोको समेत बिमोचन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा नगरपालिकाको अनुरोध

0

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?