जन्मदिनको अवसरमा विपन्न तथा जेहन्दार विद्यार्थीलाई पोषाक हस्तान्तरण

जन्मदिनको अवसरमा विपन्न तथा जेहन्दार विद्यार्थीलाई पोषाक हस्तान्तरण

 

विक्रम आचार्य शितगंगा

 

जन्मदिनको शुभकामना व्यक्त गर्दै श्री सिद्धार्थ आवि शितगंगा ६ सानाढुङ्ग्रे अवस्थित श्री सिद्धार्थ आधारभूत विद्यालयकाप्रधानध्यापक श्री नेत्र प्रसाद पोख्रेल ज्यूको जन्मदिनकोअवसरमा शुभकामना आदानप्रदान गरिएको छ ।

 

पोख्रेल सर ५२ वसन्त पार गरी ५३ वर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपाल सारु ,समाज सेवी मणिराम अधिकारी , गोविन्द प्रसाद पोख्रेल , शिक्षक अभिभावक संघका अध्यक्ष यमबहादुर गाहा लगायत विद्यालय परिवारबाट शुभकामना आदान प्रदान गरिएको हो।पोख्रेल ज्यूले आफ्नो जन्मदिनको अवसर पारी विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोसाक वितरण गरी मनाउनु भएको छ । पोख्रेलले विगत केही वर्ष देखिनै गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोसाक वितरण गर्दै आउनुभएको छ ।

 

यस सँगै हरितालिका तीज २०८२ को अवसरमा विद्यार्थीहरू बीच नाचगान , दरखाने कार्यक्रम सहित धुमधाम मनाइएको कुरा उक्त विद्यालयमा अध्यापनरत शिक्षक कान्त विश्वकर्मा ले जानकारी दिनुभएको हो ।

फजुल खर्च गर्ने केक काट्ने ठुला ठुला होटल पार्टी प्यालेसमा दिईने पार्टी भन्दा कैयौ गुणा राम्रो काम भएको छ प्रधानाध्यापक को यस कार्यवाट समाजमा सकारात्मक सन्देश पक्कै जानेनै छ भन्ने अपेक्षा गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

रोल्पामा पहिरो १० जनाको मृत्यु क्हि बेपत्ता

कुकुरको समुहले चार वर्षीया बालिकामाथि आक्रमण, टाउकोमा ८० टाँका

शिक्षक सरुवामा रकम मागेको आरोपपछि प्रभाकर माविमा विवाद

अर्घाखाँचीमा १०.७५ किमि पक्की कुलो ३१ सय हेक्टरमा १२ महिनै सिचाँइ

छुटाउनुभयो कि ?