ट्राफिक चेकिङमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउँदा मान्य हुने

अर्घाखाँची । अब ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो । यसका लागि प्रहरी प्रधान कार्यलयले मातहतका ट्राफिक कार्यालयहरुलाई परिपत्र गरिसकेको केन्द्रका एक अधिकारीले बताए ।

‘ट्राफिकले जाँचका क्रममा कारवाही गर्नुपर्दा नागरिक एपमा देखाइएको लाइसेन्सले काम गर्दैन,’ एक अधिकारीले भने,‘तर, सक्कल लाइसेन्स नबोकेको अवस्थामा देखाउनका लागि मात्रै हो भने नागरिक एपमा आफ्नो लाइसेन्स देखाउँदा पनि हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?