२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

रास्वपाले शितगंगा ४ मा गठन गर्यो वडा कमिटी

राष्ट्रिय स्वतन्त्र पाटीले शितगंगा नगरपालिकाको सबै भन्दा बढी जनसंख्या समेत रहेको वडा नम्बर ४ मा वडा कमिटी गठन गरेको छ । कृष्ण गहतराजको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । वडा नम्बर ४ नेपाली काग्रेस र एमालेको पकट रहेको वडा हो ।

पुराना राजनितिक दलले पटक पटक नेतृत्व गर्दा पनि सम्भाबित बिकास समेत गर्न नसकेको भन्दै युवाहरुले अब खवरदारी र सुशासनमा प्राथमिता दिने उदेश्य सहित रास्वपामा लागेको बताएका छन ।सानो कमिटी गठन भए पनि उपस्थित हुन नसकेको युवाहरु तथा बिदेशमा रहेका युवाहरुको समेत यसमा बाक्लो सर्मथन रहेको नवगठित समितिका एक सदस्यले बताए ।

कृष्ण गहतराज लामो समय राजनिति पाटीमा आवद्ध रहँदा समते कुनै बिबादमा नपरेका नेता हुन अहिले सम्म कुनै लाभको पद समते नलिएका गहतराज एमालेमा रहँदा समेत स्वस्छ छबिका नेताको रुपमा चिनिन्छन । पाटीकै सरकार हुँदा समेत सामान्य आबश्यकताको काम समेत सरकारले गर्न नसकेको भन्दै पाटीमा लामो समय देखि असन्तुटी रहदै आउनु भएको थियो । यस्तै बिभिन्न क्षेत्रमा सकृय युवा , खेलाडी ब्यावसायी पुर्व कर्मचारी लगायतको उपस्थितमा कमिटी गठन भएको हो । कार्यक्रममा जिल्ला सभापती हरि भुसाल नगर सभापती कमल पौडेल लगायतका नेताको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (89%)
  • हाँस्यास्पद (11%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकामा  २९९ जना किशोरी लाई HPV खोप लगाउने लक्ष्य

0

कपिलवस्तु ३ मा काँग्रेसमा युवा निर्वाचन कमाण्डर

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?