न्यूजपाना , शितगंगा
ज्योती भबिश्वर बहुमुखी क्याम्पसको आयोजनमा हुने महायज्ञको तयारी तिव्र रुपमा अघि बढेको आयोजकले जनाएको छ । तयारीको काम अन्तिम चरणमा पुगेकोे आयोजक संस्था ज्योती भबिश्वर बहुमुखी क्याम्पसका अध्यक्ष कुमार केशव बेल्बासेले जानकारी दिनु भयो । क्याम्पसले महायज्ञ सञ्चालनका लागि बिभिन्न उपसमिति बनाएर जिम्मा बाडफाड गरेको र सोही अनुसार काम भइरहेको क्याम्पस प्रमुख बिष्णु प्रसाद भट्टराइले जानकारी दिनु भयो । बैशाख १ गतेबाट सञ्चालन हुने महायज्ञको प्रचारप्रसार तथा सजावट र निमार्णको काम अन्तिम चरणमा पुगेको र भोली शुक्रबार बिहान मोटरसाइकल रयाली गरि प्रचार प्रसार गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महायज्ञको लागि मंच निमाण , १०८ सालिग्राम प्रर्दशन स्थल, हवन कुण्ड धनधन्याञ्चल यज्ञ गौशाला निमार्ण लगायतका काम सम्पन्न भएको छन महोत्सवको लुम्बिनी प्रदेश सभा सदस्य रामजी घिमिरेले उद्धघाटन गर्ने कार्यक्रम रहेको क्याम्पसले जनाएको छ । महायज्ञमा प्रमुख वाच ब्यवस्थापन मानव सेवा फाउण्डेसनको र प्रमुख कथा बाचक विश्व बिख्यात बाल योगेश्वोर श्री बिजय कृष्ण मुर्तीजी महाराजको मुखार बिन्दु बाट कथा प्रबचन हुने भएको छ ।
यस अघि २०७५ सालमा महायज्ञ सञ्चालन गरि ७३ लाख संकलन गरिएको थियो । क्याम्पस सञ्चालनमा बजेट अभाव भएकोले महायज्ञ सञ्चालन गरिएको थियो सोही रकम बैकमा राखि अहिले कार्यलय सञ्चालनमा सहयोग भएको छ । क्याम्पसको अलपत्र भवन निमार्णमा स्थानिय सरकारलाई पटक पटक अनुरोध गर्दा पनि बजेट ब्यवस्थान हुन नसक्दा भवन अलपत्र छ भने बिद्याथी जोखिम पुर्ण जिर्ण भवनबाट पठनपाठन गर्न बाध्य बनेका छन ।
२०६९ सालवाट त्रिभुवन बिश्वविधालयवाट सम्वन्धन प्राप्त गरि स्नातक तहका ब्यवस्थापन संकाय र शिक्षा संकाय बिभिन्न कक्षाहरु सञ्चालन भएको छ ।