शितगंगा:चाडपर्वको सन्दर्भमा हुन सक्ने सवारी दुर्घटनाहरूलाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रबिन्द्र चन्दले सवारी चालकहरूलाई ट्राफिक नियम कडाईका साथ पालना गर्न अनुरोध गर्नुभएको छ। उहाँले सवारी नियमको उल्लंघन गरेर सञ्चालन हुने सवारीसाधनहरूलाई कडा कारबाही गरिने स्पष्ट पार्नुभएको छ। जुकेनामा जिपको ढालामा समेत मानिस राखेर सवारी चलाएको तस्बिर र समाचार प्रकासित भए पछि इप्रका ठाडाले १ घण्टामै उत्त सवारी नियन्त्रणमा लिएर सचेत समेत गराएको छ ।
प्रहरीको आँखा छलेर हुने लापरबाही समेत कानुनको दायरामा आएको भन्दै प्रहरीको प्रशंसा स्थानियले गरेका छन साथै यसलाइ निरन्तरता दिन समेत अनुरोध गरेका छन ।
प्रहरी निरीक्षक चन्दले चाडपर्वको समयमा सवारी चाप बढ्ने भएकाले दुर्घटनाको जोखिम पनि बढ्न सक्ने भन्दै, सबैले नियम पालना गर्नुपर्ने र सुरक्षित सवारी यात्रा सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँका अनुसार, क्षमता भन्दा बढी यात्रु राखेर सवारी सञ्चालन गर्ने र ग्रामीण क्षेत्रका सडकहरूमा हुने लापरबाहीलाई नियन्त्रण गर्ने बताउनु भयो ।
यसैबीच, ठाडामा अस्थायी ट्राफिक पोस्टका यम महतले मुख्य सडकभन्दा भित्री सडकहरूमा सवारी नियम उल्लंघनको घटना बढिरहेको गुनासो आएको जानकारी गराउँदै, यस्ता स्थानहरूमा निगरानी बढाउने र सवारी चालकहरूलाई सचेत गराउने कामलाई निरन्तरता दिइने बताउनुभयो। महतले ग्रामीण क्षेत्रका सडकहरूमा पनि विशेष ध्यान दिइने र लापरवाही नियन्त्रण गर्न प्रयास गर्ने बताउनु भयो ।
चाडपर्वको समयमा सवारी दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै, प्रहरीले सवारी चालकहरूलाई नियम पालना गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न, र सवारी साधनको अवस्था राम्रो राख्न विशेष आग्रह गरेको छ। यसका साथै, प्रहरी निरीक्षक चन्दले यात्रुहरूलाई पनि सुरक्षित यात्रा सुनिश्चित गर्न ट्राफिक नियमको पालना गर्न र दुर्घटना हुन नदिन विशेष सतर्कता अपनाउन आह्वान गर्नुभएको छ। हिजो मात्र क्षमता भन्दा बढि यात्रु भएको डवल क्याप जिप शितगंगा १२ हिलेखोलामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो ८ जना घाइते भएका थिए।यस क्रममा, दुर्घटनाबाट बच्न र सुरक्षित यात्राको लागि सवारी चालक र यात्रुहरूलाई सचेत र जिम्मेवार बन्ने आह्वान गरिन्छ।