शिक्षा पेजद्वारा कपिलकस्तु बस दुर्घटनाको झूठो समाचार फैलायो

न्युजपाना साउन २४ , आज बिहान ९ बजेर ४० मिनेटको समयमा, शिक्षा नामक सामाजिक मिडिया पेजले कपिलकस्तु बस दुर्घटनाको बारेमा झुठो समाचार पोष्ट गरेको थियो । उक्त पोष्टमा झूठो फोटो र गलत सूचना प्रस्तुत गरिएको थियो । शिक्षा पेजले एक कपिलकस्तु बस दुर्घटनासम्बन्धी फोटो सहित१० जनाको मृत्यु ३० घाइते भनेर पोस्ट गरेको थियो तस्विर र जानकारी झूठो रहे पनि जसका कारण धेरैलाई भ्रमित गर्‍यो।

पोष्ट सार्वजनिक भएपछि प्रतिक्रियास्वरूप धेरै प्रयोगकर्ताहरूले उक्त सूचना गलत भएको भन्दै असन्तोष प्रकट गरे। गाली र आलोचनाको चाप बढ्न थालेपछि, शिक्षा पेजले पोष्ट हटायो र त्यसलाई सुधार गर्दै माफी पोष्ट गरेको थियो तर सोहीमा प्रतिक्रिया स्वरूप गलत सुचना दिएको भन्दै गालीहरूको संख्या बढेपछि उक्त पोस्टलाई समेत डिलिट गरेको छ ।

सामाजिक विश्वासमा शिक्षा जस्ता मान्यता प्राप्त पेजबाट यस्तो गलत सूचना आएकोले त्यस पेजको विश्वसनीयतामा ठूलो प्रश्न उठेको छ। साथै कपिलबस्तु प्रहरीले कुनै घटना नभएको भन्दै सामाजिक सञ्जालमा आधिकारिक सुचनाका आधारमा पोष्ट गर्न अनुरोध गरेको छ

गत फागुनमा महेन्द्रनगरबाट आउदै गरेको बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?