रोटरी क्लव अफ बुटवल चौतारीको छैठौं पदस्थापन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा बर्ष २०२४/२५ का अध्यक्ष नुमेन्द्र पौडेल नयाँ अध्यक्षको रुपमा पद ग्रहण गर्नु भएको हो । पद हस्तान्तरण कार्यक्रमको उदघाटन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पुर्व डिष्ट्रिक गभर्नर राजीव पोखरेलले शिक्षा, स्वास्थ्य, सरसफाई तथा जनचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्न नवनिर्वाचित अध्यक्ष पौडेललाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी शितगंगा नगरपालिका अर्घाखाँचीका नगरप्रमुख छविलाल पौडेलले रोटरी क्लव अफ बुटवलले बिगदेखि गर्दै आएको कामको प्रशंसा गर्दै अवको नेतृत्वले थप रचनात्मक र प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष पौडेलले अबको एक बर्षमा क्लवको आफ्नै भवन निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दै शितगंगा नगरपालिका वडा नम्बर ६ र ७ लाई समेटेर एम्बुलेन्स सहयोग गर्ने योजना बनाएको जानकारी दिंदै यसका लागि ६ नम्बर वडाका वडाअध्यक्ष ऋषि बहादुर रेश्मीसँग सम्झौता भइसकेको बताउनु भयो । कार्यक्रममा निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदीले एक वर्ष भित्र क्लवले गरेका सामाजिक एवं रचनात्मक कार्यको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा क्लवका एजी कृष्ण रावल, केडिया ग्रुप अर्गनाइजेशनका अध्यक्ष ताराचन्द्र केडीया, क्लवका सल्लाहकार राजेन्द्र ढकाल, चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जेपी कंडेल, क्लबका संस्थापक अध्यक्ष बिष्णु घिमिरे, प्रेसिडेन्ट इलेक्ट डोलराज अधिकारी लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
क्लवको वर्ष २०२४/२५ को सचिवमा खगेन्द्र बेल्बासे, कोषाध्यक्षमा विष्णु कंडेल, निवर्तमान अध्यक्षमा दिनेशमणि सुवेदी, प्रेसिडेन्ट इलेक्टमा डोलराज अधिकारी ,प्रेसिडेन्ट नोमिनीमा कपिल पोखरेल, क्लव एडमिन्स्ट्रेटिभ चेअरमा कृष्णप्रसाद पाण्डे, मेम्बरसिप चेअरमा युवराज न्यौपाने, पव्लिक इमेज चेअरमा माधव कंडेल, सर्भिस प्रोजेक्ट चेअरमा विष्णु भट्टराई, द रोटरी फाउन्डेशन चेअरमा विष्णु पौडेल, युथ सर्भिस चेअरमा केशव पौडेल रहेका छन् । त्यस्तै सम्पादकमा भिम पौडेल, ज्वाइन्ट सर्जन एट आम्र्समा श्रीकान्त सुवेदी, सहसचिवमा केशव भुसाल, सहकोषाध्यक्षमा ज्योती पौडेल, प्रेसिडेन्ट एडमाइजरमा विष्णु घिमिरे, सर्जन एट आम्र्समा अंकित क्षेत्री, क्लव एडभाइजरमा राजेन्द्र ढकाल र पाष्ट प्रेसिडेन्टमा सन्तोष केसी रहेका छन् ।कार्यक्रमका अवसरमा क्लवका सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।