२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

यस्तो आयो शितगंगाको नीति तथा कार्यक्रम भोलि उपप्रमुखले बजेट प्रस्तुत गर्ने

न्यूजपाना, शितगंगा

शितगंगा नगरपालिकाको १५ ओैं नगरसभा सुरु भएको छ । शुक्रबार सुरु भएको नगरसभामा आज नगरप्रमुख छबिलाल पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सुरु गर्नु भएको हो ।
शितगंगा नगरपालिकाको निति तथा कार्यक्रम सर्वसमतले पारित भएको छ । नगरपालिकाले कृषि,सडक,स्वास्थ र प्रर्यटनलाई प्राथमिकता दिने गरी बजेट ल्याएको हो शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रममा गुणस्तरीय र दिगो पुर्वाधार निर्माण गरी पर्यटन विकासमा जोड गर्ने , एकिकृत पुर्वाधार र बस्ती विकासमा जोड दिने , शितगंगा नगरपालिकाको उत्पादनमा आधारित अनुदान विस्थापित सहकारी मार्फत कृषि उपज खरिद गरिने नगरले समर्थन मुल्यमा अनुदान दिने , ज्योति माविमा सञ्चालनमा आएको प्राविधिक धारको कृषि शिक्षालाई प्रभावकारी बनाउन कृषि प्रयोगशाला स्थापना गर्ने , विद्यालयहरुमा सुचना प्रविधिका साधनहरुको उपलब्धतामा जोड दिने , माध्यमिक तहका विधार्थी केन्द्रित पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई प्रोत्साहन गरिने , च्याउ खेती गर्ने किसानलाई प्रोत्साहन गर्दे आवश्यक बिउ तथा प्रविधिमा सहयोग गरी उत्पादीत च्याउ बजारीकरण गर्ने सहयोग गर्ने र कृषि सहकारी ,कृषक समुह दर्ता , उद्यमी कुषक तथा फार्म दर्ता गरेका कृषकहरुलाई नगरपालिकाबाट सञ्चालन हुने कृषि कार्यक्रममा विशेष प्राथमिकता दिने निति नगरपालिकाले बनाएको छ ।

जग्गा बाँझो राख्ने प्रवृत्ति नियन्त्रण गर्न निश्चित रोपनी भन्दा माथिको जग्गामा साविकको भुमिकर (मालपोत) दरमा वृद्धि गरी लागु गर्ने , एक वडा उक पिकनिक स्पोर्ट निमार्णको अवधाराण क्रमश अगाडी बढाउने , शितगंगा नगरक्षेत्रमा पर्यटकलाई आवर्षक गर्न आधारभुत सुचना र आवश्यक सहजकिरण लागि नगरमा एक सुचना केन्द्र ( HELP DESK ) स्थापना गर्ने ,७० बर्ष नाघेका जेष्ठ नागरिक र क बर्गको अपांगता भएको ब्यक्तिको घरमै स्वास्थ्य परिक्षणको ब्यबस्था गर्न अशक्त नागरिक सङ्ग नगर प्रमुख कार्यक्रम संचालन गर्ने , विपन्न परिवार र सबै महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने
एच. आई.भी संक्रमितहरलाई लान्छना , भेदभाव रशित जीवन यापन गर्ने व्यवस्था मिलाई पोषणका लागि सहयोग उपलब्ध गराउने , सामुदायीक वनहरुलाई अनिवार्य रुपमा नगरपालिकासँग साझेदारी गरी वन विकास कार्यक्रम अगाडी बढाउन पहल गर्ने , जंगली जनावरको आक्रमणबाट हुने मानवीय क्ष्तिको रोकथामको लागी पहल गर्ने , वडा न ४ मा रहेको डम्पिङ साईटलाई व्यवस्थापन गर्ने र वडा न १० मा रहेको डम्पिङ साईटलाइ बेकल्पिक डम्पिङ साईटको रुपमा प्रयोग गर्ने , घरको छानो मुक्त गराउने अभियान र विधुत लिफ्टमा दिइृरहेको ५० प्रतिशत अनुदान कार्यलाई लाई निरनतरता दिइने
दरबन्दी बाहेक नयाँ करार कर्मचारी थप भर्ना नगर्ने , नगरपालिका तथा वडा समितिबाट प्रवाह हुने सेवा सुविधाहरुलाई डिजिटल नागरिक वडा पत्र तथा TELEVISION DISPLAY मार्फत सर्वसाधरणलाई जानकारी गराउने प्रबन्ध मिलाउने लगायतका कार्यक्रम समाबेस गरि निति तथा कार्यक्रम सर्वसहमतीबाट पारित भएकोे हो ।
नीति कार्यक्रममा सदस्य राम प्रसाद भट्टराईले आ.व २०७९।०८० को प्रगति विवरण नगरसभामा पेश गर्ने , १४ ओटै वडामा कृषि उत्पादनका लागि माटो परिक्षणमा विशेष जोड दिनु पर्ने र उत्पादन सामाग्रीको बजार व्यवस्थापन नगरले गर्नुपर्ने जस्ता सुझाव पेश गर्नु भएको थियो ।

तुल्सिराम घिमिरेले सम्पुर्ण नीति तथा कार्यक्रम मा रहि काम गर्नु पर्ने र कृषि क्षेत्रमा किसानलाई मल ,बिउ, सिचाइ ,बाटोको पहुंच पुराउने , शिनपा १२ मा रहेको शिवगढीधामलाई पर्यटकिय क्षेत्रमा समाबेश गर्ने , कपिलबस्तु डोहेटे बनगाई सडकलाई प्रदेश, संघिय सरकार सँग समन्वय गरी स्तरउन्नति गर्ने सुझाव पेस गर्नुभएको छ ।
यस्तै बिष्णु क्षेत्रीले शिक्षा क्षेत्रमा नैतिक तथा व्यवहारीक शिक्षा लागु गर्नु पर्ने जस्ता सझाव पेश गर्नु भएको छ ।
आर्थिक प्रतिवेदनमा सदस्य केशव बेल्बासेले बेरुजुमा असुल उपर गर्नुपर्ने र नियमित गर्नुपर्ने बेरुजु बारे प्रस्ट जानकारी गरा प्रस्ताव पेस गर्न सुझाव दिनु भएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अर्जन शर्माको स्वागत मन्तब्य तथा बिभिन्न बिषयगत समितिको प्रतिवेदन वाचनमा अधिकृत नुमलाल खनालले सहजिकरण गर्नु भएको थियो र नगरसभामा भोली नगर उपप्रमुख गिता भाटले आगामी बर्षको बजेट पेश गर्नु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?