न्युजपाना शितगंगा
शितगंगा नगरपालिका वडा नम्बर ९ को धार्मिक प्रर्यटकिय क्षेत्र बराहादहमा हरेक बर्ष जस्तो यो बर्ष पनि माघी बिषेस बिभिन्न सास्कृतिक कार्यक्रम हुने भएको छ । अर्घाखाँचीमै गोही पाइने एक मात्र क्षेत्र बराहदहमा बिभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष भिम केसीले जानकारी दिनु भयो । वडा स्तरिय नृत्य प्रतियोगिता तथा झाँकी प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष भिम केसीले बताउनु भयो । प्रर्यटकिय क्षेत्रको प्रचार प्रसार तथा बिभिन्न स्थानिय झाँकीको संरक्षण र प्रवद्धनका लागि कार्यक्रम आयोजना गरिएको हो । वडाले हरेक बर्ष उत्त क्षेत्रमा कार्यक्रमको आयोजना गरि आन्तरिक प्रर्यटक भित्राउन समेत सफल भइरहेको छ । पुर्व पश्चिम राजमार्गबाट नजिक रहेको उत्त क्षेत्रमा रहेको बराहादहमा गोही पाइने गर्दछ प्राप्त प्रचार प्रसार गर्ने सके आन्तरिक तथा बाह्य प्रर्यटक भित्राउन प्रसस्त सम्भावना भएको उत्त क्षेत्रमा वडाको प्रयासमा मात्र बिकास सम्भवन नभएकोले प्रदेश तथा केन्द्र सरकारले चाँसो दिनु पर्ने स्थानियहरुको भनाई छ । यस्तै शितगंगा नगरपालिका वडा नम्बर ९ मा पौष २८ र २९ दोस्रो वडा अध्यक्ष कप खुला भलिबल प्रतियोगिता वडाको खेल मैदानमा आयोजना समेत गरिएको छ उत्त प्रतियोगितामा वडाका सम्पुर्ण क्लब, समुह तथा खेल खेल्न इच्छुक खेलप्रेमी महानुभावहरुमा सहभागिताको लागी वडाले अनुरोध गरेको छ ।
भलिबल तर्फ पुरस्कारहरु
————–
प्रथम पुरस्कार १५,०००
द्वितिय पुरस्कार १०,०००
तृतिय पुरस्कार ८,०००
सान्तवना पुरस्कार ५,०००
– साथमा शिल्ड, मेडल र प्रमाण पत्र रहने छन
माघी सास्कृतीक कार्यक्रम तर्फ पुरस्कारहरु
नृत्य प्रतियोगिता
प्रथक पुरस्कार ६०००
दोस्रो पुरस्कार ४०००
तेस्रो पुरस्कार ३०००
सास्कृतिक झाँकी कार्यक्रम तर्फ पुरस्कारहरु
प्रथम पुरस्कार २५००
दोस्रो पुरस्कार २०००
तेस्रो पुरस्कार १५००
थप जानकारीको लागी सम्पर्क
————————————–
भिम बहादुर केसी वडा अध्यक्ष९८५७०६१३३८
हेमन्त कुमार भट्टराई वडा सचिव ९८५७०६९८०९