२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

झरना निर्माणमा तोकिए भन्दा गलत भएको गुनासो

भुमिकास्थान नगरपालिका वडा नं. ९ र १० को सिमानामा निर्माण गरिएको मृगस्थली झरना परियोजनामा गम्भीर अनियमितता भएको भन्दै एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व कृषि मन्त्रीका स्वकीय सचिव सुशील भट्टराइले नगर प्रमुखमाथि गम्भीर आरोप लगाएका छन्। बजेट बिनियोजनमा समेत मुख्य भुमिका रहेका भट्टराई  सुनाइएको र छलफल भएको योजनाको विपरित काम भए पछि निराशा ब्यक्त गरेका हुन । भट्टराइको पहलमा भुमिकास्थानमा विभिन्न योजनामा बजेट बिनियोजन भएका थिए जस मध्ये यो योजनामा उनको असन्तुष्टि  भएको हो ।
यो परियोजनाका लागि ९८ लाख रुपैयाँ बजेट विनियोजन गरिएपनि ठेक्का प्रक्रिया रु ८६,९८,७७५.७७ मा निस्किएको थियो। सो अन्तर्गत ठेकदारले रु ६१,२७,७६०.०९ मा जिम्मेवारी लिएको थियो। सम्झौता अनुसार डिपिआर (DPR) बमोजिम काम भएको भनिए पनि भट्टराइले त्यसलाई “पूर्ण रूपमा भ्रामक र जनभावनाविपरीत” भनेका छन्।
उनका अनुसार प्रारम्भिक छलफलमा झरनामा हिउँदमा पानीको अभाव हुने भएकाले खर्यान खोलाबाट पानी लैजाने व्यवस्था पौडी खेल्न मिल्ने जलाशय बर्खामा खोल्ने र हिउँदमा बन्द गर्न मिल्ने संरचना, साथै मृगस्थली नाम अनुरूप मृगको सालिक र तल विश्रामस्थल सहितको पूर्वाधार निर्माण गरिने सहमति थियो। तर तीमध्ये एकपनि कार्य नभएको उनले स्पष्ट पारे।
“नगर प्रमुखले व्यक्तिगत रूपमा काम गर्न नसक्ने थाहा भएर बारम्बार इञ्जिनियरको नम्बर माग्दा पनि फोन नउठाइने, डिपिआर हेर्न खोज्दा रोक लगाइने, सूचना लुकाउने कार्य भयो। यस्तो शैली नियतबस भएको कि लापरवाही, यो स्पष्ट हुन बाँकी छ,”
भट्टराइले थपे, “हामीले आँसु झारेर ल्याएको बजेट जनताको अपेक्षाअनुसार सदुपयोग नभएकोमा गहिरो पीडा छ। यस्ता परियोजनामा पारदर्शिता र जनसहभागिता नहुँदा बजेट र अवसर दुवै गुमिन्छ।”
उनका अनुसार अहिले पनि पर्यटकहरू मृगस्थली झरना क्षेत्र पुगिरहेका छन्, तर यदि सहमति अनुसारको संरचना बनाइएको भए, उक्त क्षेत्र अझ प्रभावशाली पर्यटन गन्तव्य बन्न सक्थ्यो।

भट्टराइले नगरपालिकाको नेतृत्वप्रति गहिरो असन्तुष्टि जनाउँदै भने, “अब यस्ता अराजकता सहन सकिन्न ।
प्राकृतिक  झरना रहेको क्षेत्रमा सधै पानीको कमि हुन नदिने पानी ल्याउनु , आकर्षक पार्क सहित विभिन्न संरचना  बनाउ भने पनि कंक्रिट र मेसिनरिवमलको मात्र काम गरेर प्राकृतिक  शौन्दर्यतालाइ कंक्रिटले ढाकेको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुःखी (78%)
  • आक्रोशित (11%)
  • खुसी (6%)
  • हाँस्यास्पद (6%)
  • अचम्मित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

यी हुन शुशिला कार्की प्रधानन्याधिस हुँदा गरेको प्रमुख काम

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?