शितगंगा नगरपालिका ११ का बिपन्न नागरिक तथा सितलहर पिडितहरुका लागि निशुल्क न्यानो कपडा वितरण गरिने भएको वडा अध्यक्ष नबराज भुसालले जानकारी दिनु भयो दिगो विकास पहलका लागि सामाजिक अभियान र LAI MUN society काठमाडौकाे सहयाेग तथा Everest English School , Eps school Kathmandu काे सहकार्यमा यस शितगंगा नगरपालिका वडा न .११ का बिपन्न नागरिक तथा सितलहर पिडितहरुका लागि निशुल्क न्यानो कपडा वितरण तथा कपडा बैंक सञ्चालन रहेकाले कपडा आवश्यक पर्ने सबै नागरिकहरुले निम्न मिति ,समय र स्थानमा उपस्थित भई आवश्यकता अनुसार न्यानाे कपडा लिनुहुन वडा अध्यक्ष भुसालले अनुरोध गर्नु भयो ।
तपसिल
१- मिति २०८०/०९ /२८ देखि २०८०/१० /०५ सम्म टिक्करी शाखा कार्यालय
२- मिति २०८०/०९/२९ देखि २०८०/१०/०७ सम्म खयरभट्टी वडा कार्यालय