८ औँ चन्द्रौटा महोत्सवको तयारी तीव्र

अराज बेल्बासे चन्द्रौटा newspana.com

८ औँ चन्द्रौटा कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी तीव्र रुपमा भईरहेको आयोजकले जनाएको छ । चन्द्रौटा उद्योग वाणिाज्य संघले यही पौष १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने ८ औँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी तीव्र रुपमा भइरहेको स्टल तथा मञ्ज व्यवस्थापन संयोेजक सरोेज पौडेलले बताउनुभयो । आयोजनकले महोत्सवमा स्टल बुकिङ्ग भइरहेको र स्थानियहरुलाई प्राथमिकता दिइएको स्टल संयोजक कपिल खनालले जानकारी दिनु भयो । स्टल बुकिङ्ग खुला गरिएसँगै केही स्टल बुकिङ्ग भइसकेको जनाउँदै पछिल्लो समय आर्थिक संकटलाई मध्यनजर गर्दै व्यवसायीहरुको राहतको लागि स्टलको शुल्क न्युनतम राखिएको अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले जानकारी दिनुभयो । महोत्सवलाई आर्कषक बनाउन यस बर्ष चर्चित कलाकारहरुलाई महोत्सवमा ल्याउने गरि तयारी भइरहेको सास्कृतिक संयोजक नारायण भाटले जानकारी दिनुभयो । महोत्सव स्थलमा अहिले झुलाहरु राख्ने काम चलिरहेको छ भने स्टल निर्माणको काम समेत अन्तिम चरणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?