अराज बेल्बासे चन्द्रौटा newspana.com
८ औँ चन्द्रौटा कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी तीव्र रुपमा भईरहेको आयोजकले जनाएको छ । चन्द्रौटा उद्योग वाणिाज्य संघले यही पौष १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने ८ औँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी तीव्र रुपमा भइरहेको स्टल तथा मञ्ज व्यवस्थापन संयोेजक सरोेज पौडेलले बताउनुभयो । आयोजनकले महोत्सवमा स्टल बुकिङ्ग भइरहेको र स्थानियहरुलाई प्राथमिकता दिइएको स्टल संयोजक कपिल खनालले जानकारी दिनु भयो । स्टल बुकिङ्ग खुला गरिएसँगै केही स्टल बुकिङ्ग भइसकेको जनाउँदै पछिल्लो समय आर्थिक संकटलाई मध्यनजर गर्दै व्यवसायीहरुको राहतको लागि स्टलको शुल्क न्युनतम राखिएको अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले जानकारी दिनुभयो । महोत्सवलाई आर्कषक बनाउन यस बर्ष चर्चित कलाकारहरुलाई महोत्सवमा ल्याउने गरि तयारी भइरहेको सास्कृतिक संयोजक नारायण भाटले जानकारी दिनुभयो । महोत्सव स्थलमा अहिले झुलाहरु राख्ने काम चलिरहेको छ भने स्टल निर्माणको काम समेत अन्तिम चरणमा छ ।